गण्डकी प्रदेशमा थप २३४ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

  • प्रकाशित मितिः कार्तिक १४, २०७७
  • १२६ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / गण्डकी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

शुक्रबारमात्रै प्रदेशमा थप २३४ जना जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार २८१ पुगेको छ।

त्यस्तै प्रदेशमा शुक्रबारमात्रै थप दुई जनाको संक्रमणका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदविन्दु शर्माले जानकारी दिए। उनका अनुसार मृतयु हुनेमा कास्कीका ८१ वर्षीय पुरुष र स्याझ्जाकी ७० वर्षीय महिला रहेका छन्।

कास्कीको पोखरा महानगरपालिका–१५ का ८१ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहानहोम आइसोलेसनमा मृतयु भएको हो। उनमा कात्तिक १२ गते कोरोना पुष्टि भएको थियो।

त्यस्तै स्याङ्जाको वालिङ–५ की ७० वर्षीया महिलाको आज बिहान बिहान ८ः ३५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको आईसीयूमा उपचारका क्रममा निधन भएको हो। कात्तिक ९ गते कोरोना पुष्टि भएकी ती महिलामा अन्य समस्या समेत रहेको प्रवक्ता शर्माले जनाकारी दिए। अहिले उनीहरुको शब व्यवस्थापनको तयारी भइरहेको निर्देशनालयले जनाएको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोनका कारण मृत्यु हुनेको संख्या ७५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved