आज थप ३५ सय १७ जनामा कोरोना संक्रमण, ४ हजार ९६ जना डिस्चार्ज

  • प्रकाशित मितिः कार्तिक १४, २०७७
  • १४३ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हाजर ५१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा देशभरमा थप ३ हाजर ५१७ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप १४ हजार ९८९ पीसीआर परीक्षण भएसँगै अहिलेसम्मको परीक्षणको संख्या १४ लाख ३४ हजार ५३ पुगेको छ।

मन्त्रालयले पछिल्ले २४ घण्टामा थप ४ हजार ९६ जना संक्रमित निको भएको जानकारी दिएको छ। यो सँगै निको हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved