२०७७ कार्तिक १६ गते आइतबारको राशिफल

  • प्रकाशित मितिः कार्तिक १६, २०७७
  • २०१ पटक पढिएको
  • सञ्चारपाटी
alt

मेष । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ । घरमा अतिथीको आगमनपनि हुनेछ ।

वृष । आज मनमा सङ्का र मनमा दुविधा उत्पन्न होला । सामान हराउन सक्छ । आर्थिक मन्दी आउने र सौन्दर्यतामा धन खर्च हुनेछ ।

मिथुन । प्रेमीको सहयोग प्राप्त हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । साहित्यिक क्षेत्रमापनि रुची बढ्नेछ ।

कर्कट । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ ।

सिंह । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । रमणीय र सुखद् यात्राको योग छ । बहुमुल्य वस्तु हात पर्नेछ ।

कन्या । आज झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ, तर साँझमा केही लाभमूलक कामपनि हुनेछ ।

तुला । आज रमणीय र सुखद् यात्राको योग छ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

वृश्चिक । आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

धनु । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवनपनि सुखमय हुनेछ ।

मकर । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

कुम्भ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

मीन । शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved