फूल खेती गर्दै इटहरीका महिला समुह

  • प्रकाशित मितिः कार्तिक १९, २०७७
  • ३०१ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । फूलको प्रयोग बढ्दै जाँदा माग पनि वर्षेनी बढ्दै गएको छ । माग बढे सँगै फूलको व्यवसायीक खेतीमा इटहरीका महिला समुहहरु उत्साहित भएका छन । नेपालको फूलखेतीले यहाँको माग धान्दैन । भारतीय फूलको आयत घटाउन भन्दै इटहरी ३ का महिला समुह फूल उत्पादनमा कम्मर कसेर लागि परेका छन ।

तिहारमा सयपत्री, भ्यालेन्टाइन डेमा गुलाव, सरस्वती पूजामा कमलजस्ता फूलको माग बढी हुन्छ र आयात हुन्छ । उन्नत बिउ प्रायः आयातमै निर्भर छ । बढ्दो मागले व्यवसायको सम्भावना पनि बढाएको छ । तिहार नजिकिदै गर्दा अहिले बजारमा फूल व्यवसाय गर्न इटहरी ३ का सुजनशिल कृषि उद्यमी महिलाहरु लागि परेका छन । २ लाख लगानीमा सुरु गरेको फूल व्यवसायले उनीहरुमा उत्साह थपेको छ ।

व्यवसायको सम्भावना धेरै भएर पनि फूल उत्पादनको क्षेत्रफल भने साह्रै थोरै छ । उत्पादनको उन्नत प्रविधिमा ज्ञानको कमी छ । फूल बढी माग हुने शहरी क्षेत्रमा जमिन पाउन कठिन छ । इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तरगत यो बर्ष फूल उत्पादन सुरु गरेका महिला समुह असाध्यै उत्साहित भएर लागि परेको बताउँछिन समुहकी अध्यक्ष पबित्रा अधिकारी ।

करीब ९ कठ्ठा जग्गामा ढकमक्क फूल फुलेका छन । होलसेल व्यवसायीहरु फूल किन्न धेरै आईरहेको उनको भनाई थियो । तर होलसेल बेच्दा हामीलाई पोसाउँदैन कि भनेर खुद्रा बेच्ने तयारीमा छौ उनले भनिन् ।

इटहरी १९ चिनारी कृषि उद्यमी महिला समुहकी अध्यक्ष बसन्तकुमारी राईले फूल उत्पादन राम्रै छ । तिहार पछि पर्दा केहि समस्या भयो उनले भने । अघिल्लो बर्षको जस्तो भएको भए धेरै राम्रो हुन्थ्यो । अहिले सित पनि परेको कारण केहि समस्या भएको उनले बताईन । फूल बचाउन समस्या होला जस्तो भएको छ राईले भनिन् ।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved