सबल इतिहास,गुमनाम वर्तमान- काँग्रेस

  • प्रकाशित मितिः कार्तिक २३, २०७७
  • ४०४ पटक पढिएको
  •  केदार भण्डारी
alt

जहानिया राणा शासनको समाप्ती र प्रजातन्त्रको स्थापनाका लागि स्थापना भएका दुई पार्टी नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरण भएर नेपाली काँग्रेसको स्थापना भएपछि यसको एकमात्र लक्ष्य,उद्देश्य र ध्येय भनेको केवल राणा शासनको समाप्ती,प्रजातन्त्रको स्थापना ,समुन्नत नेपाल र सम्बृद्ध नेपाली बाहेक केही थिएन ।

यसको स्थापना कालको लक्ष्य उद्देश्य २००७ साल फाल्गुण ७ गते प्राप्त भयो । प्रजातन्त्रको स्थापना पछि प्रजातन्त्रकालागि गरिएको गौरवपुर्ण क्रान्तिलाई विर्सिएर तत्कालिन राजाले राणाको स्थान लिन प्रयत्न गरेपछि २००७ साल देखि २०१५ साल सम्म राजा र काँग्रेसका विचमा अन्र्तविरोध र संघर्ष सुरु भएको थियो ।

२०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाईको सरकार गठन गरेपश्चात अन्तर्राष्ट्रिय स्तरमा भएको नेपालको पहिचान र उपस्थिति, देश विकासले लिएको अग्रता बाट डराएर मोज मस्तीमा पल्किएका राजा आफु वाहेक अरुलाई देश दुनियाँले राम्रो भनेको देख्न नचाहने राज परम्पराका कारण राजा महेन्द्रले २०१७ साल पुष १ गते जननिर्वाचित सरकारलाई अपदस्थ गरी राज्यसक्ता आफ्नो हातमा लिए । तत्कालिन प्रधानमन्त्री महामानव वी.पि कोईराला लगायत काँग्रेसका नाम चलेका सबै नेताहरुलाई थुनामा हालेर पञ्चायत व्यवस्थाको प्रार्दुभाव गरे ।

तर काँग्रेस डराएन, धेरै देशभक्त सहिदहरुले ज्यान गुमाउनु प¥यो भने धेरैको सर्वस्वहरण गरियो तर काँग्रेस कहिले देशमा त ,कहिले प्रवाशमा वसेर निरन्तर जनता र प्रजातन्त्रको पक्षमा संघर्ष गरि रह्यो । परिणामत २०४७ सालमा नेपाल र नेपालीले पुनःप्रजातन्त्र प्राप्त गरे ।

काँग्रेस समाप्त भएपछि देशमा प्रजातन्त्र त समाप्त हुन्छ ,देश नै नरहन सक्ने खतरा पनी हुन्छ भन्ने कुरा काँग्रेस जव कमजोर भयो तब प्रजातन्त्र मासिएको नेपालको पटक पटकको इतिहासले स्पष्ट पारिसकेको छ । २०४६ पछिका घटनाक्रमका.प्रत्यक्ष साक्षी हामी भएकाले, कसैले कुनै कुरा ढाँटेर जनताले विश्वास गर्नेवाला छैन। आँखाले देखेको भोगेको कुरा अरुले बटारेर,लेखेर वा भन्दैमा पत्यारिलो हुदैन । जसको उदाहरण पञ्चायतलाई परास्तगर्ने दलहरु प्रजातन्त्र स्थापना हुनासाथ दुइ पाटी आफु मिल्न नसकेर पूर्व पञ्च(पञ्चायतका प्रमुख ठेकेदार) हरुलाई पालैपालो प्रधानमन्त्री बनाएको हामीले आफैले देखेका छौं ।

प्रजातन्त्रको पुनः हत्या हुनुमा हामी को को के कुन हैसियतमा जिम्मेवार छौ? के के ग¥यौ ?के के गर्न सकेनौ? माओवादी आतंकलाई कसरी बुझ्यौ, बुझ्न सकेनौ, डरायौ, चुक्यौ, लत्रियौ, लत्र्यायौं, प्रजातन्त्र मान्दै नमान्ने तत्कालिन बाम घटक देखि ने.क.पा माओवादी सम्मलाई प्रजातन्त्रको मुलधारमा ल्याएर लोकतान्त्रिक बनाएको काँग्रेसले धक्कु लगाएकै छ तर कम्युनिष्टहरु प्रजातन्त्रवादी भए भएनन ,हुन चाहे चाहेनन त्यो वर्तमान अवस्थामा दुई तिहाईको कम्युनिष्टको सरकारले गरेका कामले स्पष्ट पारेकै छ ।

गणतन्त्र स्थापना कसैको चाहाना थिएन केवल नारा मात्र थियो तर वंश नाश भएपछि हत्याराको अभियोग लागेर राजगद्धी प्राप्त गरेका राजाले आफु हत्यारा भए नभएको पुष्टि गरी जनताको मन जित्न लाग्नु भन्दापनि मै खाँउ, मै लाँउ,सख सयल मोज म गरु भन्ने उद्देश्यका साथ शक्ति हत्याउन अगाडी बढ्दा पुस्तौ देखि चल्दै आएको राजतन्त्र जनतालाई बुझाएर रैती भएर बस्नुप¥यो, गणतन्त्र स्थापनाको कारक तत्व तत्कालिन राजा थिए भन्दा फरक पर्दैन ।

गणतन्त्र स्थापना भएपछि तीन तहको सरकारको परिकल्पना साथ नेपाली जनताले एक थान संविधान प्राप्त गरे त्यो कुनै विशेष राजनैतिक दलको दस्तावेज नभई सबै दलको सहमति सम्झौताको दस्तावेजको रुपमा आयो खैर समन्वयकारी भुमिका सादगी नेता शुशील कोइरालाले गर्नुभएका कारण त्यो कार्य सफल भएको थियो ।

त्यसकालागि धेरै रस्साकस्सी भए कहीले छिमेकी मुलुकले हस्तक्षेप गर्ने प्रयत्न ग¥यो भन्ने केही राजनैतिक दलले आफ्नो सहमति नभएको र उक्त संविधान मान्य नहुने भनी आन्दोलन नै गरे। तर आन्दोलन गर्ने पक्षहरु संविधानले कल्पना गरेको तीनै तहको निर्वाचनमा भागलिई, सरकारमा सहभागि भई मौनरुपमा संविधानलाई स्वीकार गरी अगाडी बढेको देखिन्छ ।

नेपाली काँग्रेस संविधान निर्माणताका जनताले विश्वास गरेको ठुलो दल भएका कारण संविधान निर्माण गरे पनि संविधान निर्माण पश्चात जनताको मन जित्न सकेको देखिदैन । २०१५ सालको आम निर्वाचन पश्चात २०४८ सालमा भएको निर्वाचनका समयमा काँग्रेसका पक्षमा यस्तो लहर थियो कि त्यसलाई व्यवस्थित गर्न सकेको भए १०० बर्ष सम्म काँग्रेसबाहेक अरु पार्टीले नेपालमा शासन चलाउने सोच समेत राख्न नसक्ने हुन्थ्यो तर पूर्व पञ्चहरुलाई पार्टी प्रवेश गराई धमाधम टिकट दिन थालेपछि प्रजातन्त्रका पक्षमा त्याग तपस्या गरेका निष्ठावान नेताहरुले उपेक्षित महसुस गरी राजनितिबाट पलायन भए पछि काँग्रेस पुन ः पूर्व पञ्चहरुको प्रभावमा परेको देखिन्छ ।

२०७४ को आम निर्वाचनमा काँग्रेसको इतिहासमै ठुलो हार भयो तर नेतृत्वले त्यो महसुस गरेन गर्न चाहेन । २०७४ को आम चुनावमा ओलीको नक्कली राष्ट्रवाद र प्रचण्डको अवसरवादले राम्ररी फस्टाउने मौका पायो । स्थानीय तहमा प्रचण्डको अवसरवादको प्रयोग काँग्रेस माथि भयो काँग्रेसलाई घाटा माओवादीलाई फाइदा भएपछि प्रचण्ड बार्गेनिङमा थिए । ने.क.पा एमालेले त्यो नक्कली राष्ट्रवाद र अवसरवादलाई मिलायो । जनता झुक्किए काँग्रेसले बुझाउन सकेन÷ बुझ्न सकेन, महाअभियोग, आइ.जि.पि काण्ड, भारतको नाकाबन्दीका बारेमा स्पस्ट नबोल्नु ठुलो गल्ति भयो । बोल्नेको पिठो विक्यो नबोल्नेको चामल बिकेन ।
अब सुनसरी तर्फ हेर्दा प्रतिनिधिसभाको चार स्थानमा, तीन स्थान काँग्रेसको हातमा छ । प्रदेशसभा ८ स्थानमा, ३ स्थान काँग्रेसको हातमा छ । स्थानीय तहको १२ वटामा, प्रमुख ९ वटा नेपाली काँग्रेसको हातमा छ । यसरी सुनसरी आजको अवस्थामा नेपालकै काँग्रेसको राजधानी छ त्यसमा पनि जिल्ला समन्वय समिति शतप्रतिशत काँग्रेसको छ । केन्द्रमा दुई तिहाई नजिकको ने.क.पाको सरकार छ । नेपाली काँग्रेस प्रमुख प्रतिपक्षमा छ । दुवै चुप छन एउटा दम्भले अर्को लाजले ।

एउटा केही गर्दैन, गफ गर्छ अर्को त गफ पनि गर्दैन । प्रदेशको हालत त्यस्तै छ यसका बारेमा खास टिप्पणीको आवश्यकता छैन किनकी संघियताका बारेमा बयल गाडी चढेर अमेरिका पुगिदैन भन्ने लाक्षीको हातमा बागडोर छ । व्यक्तिलाई जिताएर प्रजातन्त्र बलियो हुदैन । संस्थालाई जितायो भने मात्र काम लाग्छ ।

आज पनि स्थानिय तहमा पार्टीले जितेको महसुस नगरेर, जिताउन भन्दा हराउन तल्लीन हुनेहरुको हालीमुहाली देखेर पार्टी के का लागि भन्ने प्रश्न उब्जिएको छ । के पार्टीका कार्यकर्ताको काम भोट हालेर जिताउने अनि गाली खाने मात्र हो ? जनतालाई सम्मान चाहिदैन ? वी.पी.ले के का लागि पार्टी खोलेको ?दास उत्पादन गर्ने केन्द्र बनाउन कि स्वाभीमानी नेपाली बनाउन ? म नै राज्य हुँ भन्ने राजाको त यस्ता दुखद दिन देखिए ।

म नै पार्टी हुँ ,पार्टी केही होइन भन्ने र शाही कालमा जेल गएको भन्ने अन्र्तवार्ता र पैसाको भरमा टिकेको नेता , केही पत्रकार बोकेर, म आफै सिंघम भनेर उचालिएको भरले पार्टी कहाँ पुग्छ ? त्यो तर्फ पनि हामीले ध्यान दिन सकेनौ भने जनताले पार्टीले जिते पनि आफुले हारेको महसुस गर्छन ।

९ वटा स्थानीय तहमा हामीले के कति गुण्डा फटाहा पाल्यौ ? के कती मोज मस्ती ग¥यौ भन्दा पनि विकास निर्माण के के ग¥यौ ? के के गर्दैछौ? के के गर्न बाँकी छ? भनेर जनताको हितमा विकास निर्माण गर्न, नगर गाउको उन्नती तर्फ लागौं । कांग्रेसको सबल इतिहास गुमनाम नहोस÷बदनाम नहोस । जनताले त्यसको महसुस गरुन जय नेपाल ।
                                                                                          (लेखक नेपाली कांग्रेस सुनसरीको सचिव हुनहन्छ )

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved