असल नेता खोज्दै छ इटहरी

  • प्रकाशित मितिः कार्तिक २४, २०७७
  • ५०३ पटक पढिएको
  • रमेशकुमार पोखरेल
alt

पुर्वको उदियमान शहर इटहरीले विकास निर्माणका सवालमा काचुली नै फेरेको छ । वार्षिक रुपमा २५०० बढि घरहरु थपिदैछन भने जनसंख्या पनि उतिकै तिब्रतर गतिमा बढि रहेको छ । विशेष गरी द्वन्दकाल र मधेस आन्दोलनले मुलुकको अन्य भुभागहरु द्वन्दको चपेटामा मार खेपिरहेको समयमा इटहरी शान्त र निरन्तर आफ्नै गतिमा चलिरहेको थियो । जस्को फलस्वरुप बसाइ सरेर आउनेहरुको गन्तव्य स्थल इटहरी र यस्का वरपरका क्षेत्रहरु भए ।

इटहरी बसोबासको हिसाबले घना बन्दै गयो । इटा, बालुवा, गिटीले उर्वरा भुमिहरु छोपिदै गयो गगन चुम्बी महलहरु बढे । क्रियाशिल सामाजिक अभियन्ता मध्ये आधी जतिका आ–आफ्नै सामाजिक संघ संस्था खुले, देशमा अस्थित्व रहेका पार्टी मध्येका करिब ७५% पार्टीहरुका उप महानगर समितिहरु बने । ति पार्टीका नेताहरु समेत अस्तित्वमा छन ।

इटहरीको वृद्धि विकासे वृद्धि भयो भावनात्मक एकता कमजोर बन्दै गयो । सबैले इटहरीबाट फाइदा लिन मात्र खोजे, इटहरीलाई दिने कुरामा औलामा गन्दा पनि गन्न सकिने मान्छेमात्र भए । हामी इटहरी प्रति संवेदनसिल बनेनौ । हामीले बाटोघाटो, पुलपुलेसा, बिजुली टेलीफोन आदिलाई मात्र विकासको पुर्वाधार मान्यौ । हामी इटहरी प्रति कती इमान्दार छौ, कति वफादार छौ । इटहरी प्रतिको हाम्रो दायित्व के हो ? हाम्रो भावी योजना तिनिहरुको कार्यान्वयनमा हाम्रो भुमीका, दायित्व के कस्तो रहने हो ? कहिले सोचेनौ ।

अब इटहरीको माग के हो ?

इटहरी एक असल नेता खाज्दैछ । त्यो नेताले गर्नु पर्ने कामहरु यस प्रकार हुनुपर्दछ ।
१. इटहरीको विकास निर्माण सम्बन्धि निती
जुन समितिको नेता हो त्यो नेता भित्र त्यस्को कार्य क्षेत्र भित्रका विकास निर्माण सम्बन्धि योजना, दृष्टिकोण र योजना कार्यान्वयन गर्ने सीप हुन जरुरी छ । इटहरीको बाढीले ल्याउने समस्या, ढल निकास, फोहोर व्यबस्थापन, बाटो घाटो पुल पुलेसा, ट्राफिक जाम नियन्त्रण, बिजुली, बिधालय, अस्पताल, स्वच्छ खाने पानी, टेलिफोन सम्बन्धि समस्याहरुको समाधान गर्ने दिर्घकालिन र अल्पकालिन निती तय गरी सोही निति बमोजिम योजना निर्माण गरी कार्यान्वयनमा जाँदा सडक बन्ने, खाने पानीले भत्काउने फेरी पछि फाइबर बिस्तार गर्न नेपाल टेलीकमले भत्काउने यसरी एकीकृत विकासको मोडेल ल्याउने हो भने पटक पटक भत्काउदै बनाउदै गर्ने समस्याबाट बची ठुलो धनराशी समेत बचाउन सकिन्छ ।

२. इटहरीको सामाजिक संघ संस्था सम्बन्धि नीति

इटहरीले आफ्नो क्षेत्रभित्रका सामाजिक संस्था के कति संख्यामा छन ? ति कुनकुन क्षेत्रमा कार्य गर्छन ? ति संघ संस्थाहरु एक अर्कासँग समन्वयमा छन छैनन । तिनीहरु सबैसँग स्थानिय निकायहरुलाई कसरी जोडने, तिनीहरु प्रति स्थानिय निकायको दृष्टिकोण, राजनैतिक पार्टीको दृष्टिकोण, स्थानिय स्तरका बजेट तथा कार्यक्रमहरुमा समान पँहुच र समान सहभागिता अभिवृद्धि गर्न अवलम्बन गर्नुपर्ने निती त्यसको लागि योजना निर्माण तथा कार्यान्वयन जरुरी छ ।

३.युवा सम्बन्धि नीति

इटहरी तिब्र जनसंख्या वृद्धि भइरहेको शहर हो जहाँ जनसंख्याको ठूलो हिस्सा युवाहरुले ओगटेको छ । ति युवाहरुलाई कसरी शिक्षा, सीप, सामाजिक भुमिका, रोजगारी, व्यापारका माध्यमबाट उत्पादन मुखी बनाउने सो को लागि निति निर्माण जरुरी छ ।

४. महिला तथा बालबालिका सम्बन्धि नीति

कुल जनसंख्याको आधा हिस्सा ओगटने महिलाहरु प्रतिको पुरातन वादी चुला चौका, घर धन्दा, दाउरा, घाँसपात वा घरभित्रको र खेतीपातिको काममा मात्र सिमीत गर्ने सोचले समाज बन्न सक्दैन । कसरी महिलाहरुलाई रोजगार बनाउने, शिक्षा, सिप, रोजगारी, क्षमता÷दक्षता अभिवृद्धि गरी सक्षम बनाउने त्यस्को लागि के कस्ता एकिकृत कार्यक्रमका प्याकेजहरु लाने भन्ने स्पष्ट निति जरुरी छ ।त्यसैगरी जबसम्म बालबालीका शिक्षा,स्वास्थ,पालन पोषण, सहभागिता, अवसर, सिप पाउदैनन तबसम्म विकास सम्भव छैन ।यस्कालागी पनि निती जरुरी छ ।

५. शिक्षा तथा शैक्षिक संस्था सम्बन्धि नीति

इटहरी शैक्षिक संस्थाको हिसाबले अत्यन्त सबल छ । करिब ४५०० भन्दा बढि बिधार्थी अध्ययन सस्तो, सुलभ, गुणस्तरीय शिक्षा दिने जनता बहुमुखी क्याम्पस, निजी स्रोतबाट संचालित विश्व आदर्श कलेज, कस्तुरी कलेज, शुष्मा गोदावरी कलेज,कोशी कलेज लगायतका मा.वि तह सम्म संचालित दर्जनौ बिधालय छन ।

इटहरीलाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने कुरा स्पष्ट छ । आज पनि इटहरी भित्रका विधालय, कलेज बसहरु इनरुवा, दुहवी, बिराटचोक, तरहरा सम्मका विधार्थी लिन पुग्छन भने धनकुटा, भोजपुर, खोटाङ्ख, ताप्लेजुङ्ख, उदयपुर, सिराहा, सप्तरी, झापा लगायतका प्रदेश सम्मका विधार्थी २ मात्र नभएर अन्य प्रदेश सम्मका विधार्थीहरु अध्ययन गर्न आएको पाइन्छ । यहाँका विधालय कलेजका विधार्थी उतीर्ण प्रतिशत समेत उल्लेख्य छ । यि सम्भावनालाई अबसरमा परिणत गर्ने निती, योजना र तिनीहरुको कार्यान्वयन जरुरी छ ।

६. सामाजिक विकृति विसंगती विरुद्धको नीति

समाज व्याप्त विकृति विसंगतीहरु छुवाछुत, भेदभाव, लागू औषध दुव्र्यसन, मादक पदार्थ सेवन, मानव वेचविखन तथा ओसारपसार, बोक्सी आरोप लगायतका समाज व्याप्त बिकृति विसंगति विरुद्धमा के कस्ता कार्यक्रम, के कुन क्षेत्रमा गर्नुपर्छ, सो निक्यौल गरी निती निर्माण गरीनु पर्छ ।

७. स्वच्छ खानेपानी व्यवस्थापन तथा स्वास्थ्य सम्बन्धि नीति

इटहरी राम्रो अस्पतालको अभावमा पिडीत छ । आर्थिक अबस्था कमजोर भएका मानिसहरु आज पनि भिडियो एक्स रे, तथा बिशेषज्ञ सेवा हाल उपलब्ध नभएको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराउन बाध्य छन । भिडियो एक्स रे, इ.सि.जी लगायतका सेवा नभएका कारण ऋण गरेर पनि विराटनगर, धरानका निजी अस्पतालहरुमा जान बाध्य छन । ति नागरीकहरुलाई स्वच्छ खानेपानी तथा उपयक्त स्वास्थ्य उपचारको प्रबन्ध गर्न आवश्यक छ । यस्को लागि आवश्यक निती तर्जुमा गर्न जरुरी छ ।

८. पर्यटन सम्बन्धि नीति

प्रचुर सम्भावना बोकेका पर्यटकीय स्थलहरु तालतलैया, काव्यवाटिका, गणेशमान सिंह स्मृति पार्क, धार्मिक पर्यटकीय स्थलहरु बुढि जमुना मुक्तिघाट, कृष्ण प्रणामी मन्दिर, बौद्ध गुम्बा, मस्जिदहरु लगायतको सम्बर्धन र विकास पर्यटकका वासका लागि उपयुक्त होटल, होम स्टेहरुको संख्यात्मक गुणात्मक वृद्धि जरुरी छ । यस्का लागि निती जरुरी छ ।

९.खेलकद तथा पार्क व्यवस्थापन नीति

मानव स्वास्थ्यको लागि अपरीहार्य वस्तु हो । खेलकुद प्रत्यक्ष रुपमा शारीरिक तन्दरुस्ती राख्न आवश्यक छ । बालबालिका, यूवा, ज्येष्ठ नागरीकहरुलाई स्वस्थ्य राख्न खेलकूदलाई सवलीकरण गरी प्रदेश तथा राष्टिय स्तरका खेलाडी उत्पादन गर्न जरुरी छ । अर्कोतर्फ अव्यवस्थित खानपिन तथा कम शारीरिक परीश्रमका कारण नागरीकहरुमा बढदै गएको सुगर, प्रेसर, दम, प्यारालाइसीस, हृदयघात लगायतको रोगहरुको नियन्त्रणका लागि बिहान बेलुका खुल्ला वातावरणमा हिडडुल गर्नका लागि पार्क तथा खेल मैदानहरुको व्यवस्थापन गर्ने तर्फ ध्यान जान जरुरी छ । त्यसै गरी टोल स्तर देखि लिएर राष्ट्र स्तर सम्मका विविध किसिमका खेलकद कार्यक्रमहरु खेलाडीको विमा गर्ने तर्फ ध्यान तानीन पर्छ ।

१०.कृषि तथा पश सम्बन्धी नीति

इटहरीमा सागसब्जी,दध तथा दधजन्य पदार्थ,माछा,मास तथा अण्डा, फलफल,खाधान्न लगायतका कृषि तथा पश उपजहरुको माग दिनानदिन बढदो छ ।एकातिर खेतिजन्य जमिन प्लटीड.हने क्रम बढदो छ भने अर्को तर्फ खेतिपाती गर्ने तथा कृषि पेसामा लागेकाहरु इो पेसाबाट विस्थापित हने क्रम बढदो छ । खेति योग्य जमिनहरुको संरक्षण,जमिन बाँझो राख्नेलाइ जरिवाना,कृषि पेसालाइ प्रोत्साहन,कौसी छत करेसाबारीमा परिवारकालागि आवश्यक सागसब्जी उत्पादन गर्ने सिप प्रदान,मलखाद बिउको समुचित ब्यबस्थापन,परामर्स,अनुदान र रोग किरा नियन्त्रण का लागि कृषि तथा पशु सेवा केन्द्र र घर दैलो सेवाको ब्यबस्था गर्न जरुरी छ ।

११.कला साहित्य सम्बन्धि नीति

कला साहित्य आधुनीक विकासको मेरुदण्ड हो ।संवेदनसील शहरको पहिचान बनाउने आधार हो ।इटहरी कलाकार साहित्यकारहरुको उर्वर भुमी हो । राष्ट्र अन्तराष्ट्रिय छवी बनाएका कलाकार साहित्यकारहरुको वास स्थलमा कला साहित्य जगेर्ना गर्ने अल्प तथा दिर्घकालीन निती तथा कार्यक्रम नहुनु दुखद पक्ष हो ।

यसरी इटहरी क्षेत्र भित्र छिटपुट रुपमा सानातिना सम्भावना बोकेका कुराहरु उठाउने बाहेकका कुराहरुमा केही पनि योजना ,दृष्टिकोण,सोच भएका नेताको अभाव छ ।इटहरी आजपनि संवेदनाहिन भौतिक विकास भएको शहरको परिभाषामा पर्छ । जग्गाको भाउले र चौरास्तामा पर्ने शहर भएकाले मात्र यस्को विकास भएको हो भन्ने ठम्याइ छ ।

छिटपुट रुपमा भएका विकास निर्माणमा अपनत्वको महसुस नहुन ।यस्ले छुटटै पहिचान बनाउन सक्ने सम्भावनाका पाटोहरु रमणीय स्थलहरुको संवर्धन प्रवर्धन गर्न नसक्नु ,एउटा विकसीत शहरकालागि आबश्यक पुर्वाधारहरु तयार गर्न नसक्नु,साझा अल्प तथा दिर्घकालीन निती निर्माण गर्ने कुरामा ध्यान नपुग्नु जस्ता कारणले प्रदेश नं. १ को राजधानी हुनु पर्ने शहर हुन सकेन ।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved