संखुवासभामा राखेको बम सेनाद्धारा डिस्पोज

  • प्रकाशित मितिः मंसिर ४, २०७७
  • २१६ पटक पढिएको
  • सञ्चारपाटी
alt

संखुवासभा / संखुवासभाको पाँचखपन नगरपालिकामा राखेको बम सेनाले डिस्पोज गरेको छ ।

पाँचखपन–४ फापुङमा वाना–खाँदबारी सडक खण्डमा अज्ञात समुहले राखिएको बम बिहीबार(आज) बिहान डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

सदरमुकाम खाँदबारीबाट गएको बराह दल गुल्मको सेनाको टोलीले बम निस्कृय पारेको हो । स्थानीयले बुधबार साँझ शंकास्पद वस्तु देखिपछि प्रहरीलाई खबर गरेका थिए ।

सडकमा बम राख्ने समूहको खोजी कार्य तीव्र पारिएको प्रहरीलेजानएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved