उदयपुरबात सालकको खबटा सहित १ जना पक्राउ

  • प्रकाशित मितिः मंसिर ५, २०७७
  • १५४ पटक पढिएको
  • सञ्चारपाटी
alt

उदयपुर ।  उदयपुरको त्रियुगा नगरपालिका-११ पिपल चोकबाट दुर्लभ वन्यजन्तु सालकको खबटा सहित १ जना पक्राउ परेका छन् ।

नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरी टोलीले बिहिवार दिउँसो साँढे ३ बजे साउनेबाट गाईघाट तर्फ आउँदै गरेको स १ ह २६९० नम्बरको अटोलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त अटोको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा ३ सय ८० ग्राम दुर्लभ वन्यजन्तु सालकको खबटा बरामद गरेको हो ।

अटोबाट सालकको खबटा बरामद भएसंगै अटो चालक त्रियुगा नगरपालिका-१४ का ४१ बर्षीय पहलमान कट्वाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved