वडाध्यक्ष झुण्डिएको अवस्थामा मृत भेटिए

  • प्रकाशित मितिः मंसिर ५, २०७७
  • १५९ पटक पढिएको
  • सञ्चारपाटी
alt

कञ्चनपुर / कञ्चनपुरमा शुक्रवार एक जना जनप्रतिनिधिको झुण्डिएको अवस्थामा शव भेटिएको छ।

बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीय कृष्ण बहादुर रोकायाको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले बताए।

वडाध्यक्ष रोकायाको शव घर नजिकैको मन्दिर छेउको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी थापाको प्रहरी टोली घटनास्थलतर्फ हिँडेको छ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved