विष्णु पौडेल र सुवास नेम्वाङसँग प्रचण्डको छलफल

  • प्रकाशित मितिः मंसिर ५, २०७७
  • १४१ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङसँग छलफल गरेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा बोलाएर पौडेल र नेम्वाङसँग अध्यक्ष प्रचण्डले छलफल गरेका हुन् । दुवै नेतासँग प्रचण्डले छुट्टाछुटै् छलफल गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

नेकपाको गत बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले यसअघि सचिवालयमा प्रचण्डले पेश गरेको प्रस्तावलाई आरोपपत्रको संज्ञा दिएका थिए । साथै उनले छुट्टै प्रस्ताव ल्याउने बताएपछि आगामी मंसिर १३ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved