परेश रावल पहिलो पटक तमिल फिल्ममा देखिँदै

  • प्रकाशित मितिः मंसिर ५, २०७७
  • १३७ पटक पढिएको
  • सञ्चारपाटी
alt

मुम्बइ / बलिउडका दिग्गज अभिनेता परेश रावल अब तमिल फिल्ममा देखिने भएका छन् ।

फिल्म ‘सूराराई पोतृ’बाट उनले तमिल इण्डष्ट्रीमा डेब्यू गर्न लागेका हुन् । यो फिल्ममा परेश रावलसँग तमिल सुपरस्टार सूर्या हुनेछन् ।

परेशले फिल्मको बारेमा कुरा गर्दै फिल्म उद्योगमा लामो अनुभव भएकोले अरु कुरा सहज भए पनि तमिल भाषामा संवाद बोल्न कठिन भएको बताए ।

भाषा सिक्नको लागि आफूले संवादहरु घोकेरै बोलेको बताउँदै परेशले भाषा सिक्नको लागि आफूले तयारीस्वरुप कोठामा सोही भाषामा कार्यक्रम टेलिभिजनमा चलाइराख्ने बताए ।

फिल्मको सुटिङ चेन्नइ र चण्डीगढमा गरिएको छ । यो फिल्मको कहानी आफूलाई पहिलो पटकमै मन परेको बताउँदै रावलले यो फिल्ममा काम गर्नु आफ्नो लागि सौभाग्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved