कमेडियन भारती र उनका पति हर्ष एनसीबीको हिरासतमा

  • प्रकाशित मितिः मंसिर ६, २०७७
  • ५०२ पटक पढिएको
  • सञ्चारपाटी
alt

बलिउडमा ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कंट्रोल ब्यूरो (एनसीबी)ले कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियाको घरमा छापा मार्दा गाजा बरामद गरेको छ ।

एनसीबीले मुम्बईमा कैयौ ठाउमा छापा मार्ने क्रममा कमेडियन भारतीको घरमा छापा मारेको र घरमा गाजा भेटिएपछि दुवैलाई बयानका लागि लगेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारतीय समाचार एजेन्सीले एनएनआइका अनुसार शनिबार बिहान एनसीबीले छापा मार्दा गाजा बरामद भएको र दुवै पति पत्नीलाई बयानका लिएर गएको उल्लेख गरेको छ ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि ड्रग्स एंगलबाट छानबिन गर्दै कैयौ बलिउड सेलिब्रेटीलाई निशाना बनाएर अनुसन्धान गरिरहेको छ ।

एनसीबीले ड्रग्स प्रकरणमै यस अघि अभिनेता अर्जुन रामपाल, अभिनेत्री दीपिका पादुकोने, श्रद्धा कपुर, रकुलप्रित सिंह, सारा अली खानसँग बयान लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved