त्रिविद्वारा बीएड प्रथम र छैठौं सेमेस्टरको परीक्षा तालिका प्रकाशित

  • प्रकाशित मितिः मंसिर ६, २०७७
  • ९० पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / त्रिविले बीएड प्रथम र छैठौं सेमेस्टर र एमएड दोस्रो सेमेस्टरको परीक्षा तालिका प्रकाशित गरेको छ ।

बीएड प्रथम र छैठौं सेमेस्टरको परीक्षा सम्बन्धित क्याम्पसमै हुने भएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षा संकाय, परीक्षा नियन्त्रण महाशाखाले काठमाडौं उपत्यका बाहिर ‘होम सेन्टर’मा परीक्षा सञ्चालन गर्न लागेको हो ।

कोरोना भाइरसका कारण गत चैतमा स्थगित भएको खुल्ला तथा दुर सिकाइ समेतको परीक्षा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न लागेको महाशाखाले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकाका लागि भने ताहचालस्थित महेन्द्ररत्न क्याम्पस, कुलेश्वरस्थित जनमैत्री क्याम्पस र भक्तपुरस्थित सानोठिमी क्याम्पसलाई केन्द्र तोकिएको छ ।

परीक्षा नियन्त्रण महाशाखाका अनुसार बीएड प्रथम सेमेस्टरको १७ पुस र छैठौं सेमेस्टरको परीक्षा २० पुसदेखि सुरू हुने भएको छ । यस्तै एमएड दोस्रो सेमेस्टरको परीक्षा ३० मंसिरबाट सुरू हुँदैछ ।

एमएडपरीक्षा केन्द्र केही दिनमा निर्धारण हुने परीक्षा नियन्त्रण महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved