तिलक राई धरानमा इतिहास बनाउने र बदल्ने नेता

  • प्रकाशित मितिः मंसिर ९, २०७७
  • १२७१ पटक पढिएको
  • संगम बिष्ट
alt

धरानको अर्गानिक लोकल ठिटोको रुपमा परिचय बनाएका तिलक राई इतिहास बनाउने र बदल्ने एक कर्मशिल राजनितिज्ञ हुन । उनी हाल धरान उप९महानगरपालिकाको मेयरको रुपमा धराने जनताको भाग्य र भविष्यलाइ सुनौलो दिशामा लैजान सेवकको रुपमा लागि परि रहेका छन ।

नेपाली कांग्रेस धरान उप९महानगरसमितिको सभापति समेत रहेका तिलक राई गत बर्षको मंसिरमा सम्पन उप ९ निर्वाचनवाट धरानको मेयर बनेका थिए । उनको त्यो बिजयले नेपाली कांग्रेसका लागि इतियास बनाउने र बदल्ने सौभाग्य समेत मिलेको थियो ।
नेपाली कांग्रेसले २०१५ साल पछि पहिलो पटक निर्वाचन पछि कम्युनिस्टलाई पराजय गरेर कम्युनिस्टको इतिहासलाई ब्रेक लगाएको थियो । धरान समेटिएको क्षेत्रमा २०१५ सालको पहिलो संसदीय चुनाव कांग्रेसले जितेको थियो । भने २०१७ सालमा नगरपलिका बनेयता भने धरान कम्युनिष्टहरुले निरन्तर चुनाव जित्दै आएका थिए ।

त्यो कम्युनिस्टको ५९ वर्षको विरासतलाई कांग्रेसका तिलक राईले तोड्न सफल भए । कांग्रेसले नया इतिहास बनाउनेको साचि बने र त्यो इतिहास बनाउने र बदल्ने प्रमुख पात्र बने तिलक राई ।

धराने माटोमा जन्म लिएर सर्दु खोलाको पानी खाएर सेउतीमा डुबुल्की मारेका तिलक राई धराने ठिटो हुन । तिलक राईको पिता स्वगिर्य मित्रकुमार राई , माताद्धय गंगा राई र मनु राई हुन । उनको जन्म २०३१ साल कात्तिक ९ गते धरानमा भएको थियो। धरान १८ मा स्थायी बसोबास गर्दै आएका तिलकले डिपोट माध्यमिक बिद्यालयबाट तत्कालिन एस।एल।सि। उत्तिण गरेका थिए ।

तिलकले महेन्द्र बहुमुखी क्यापस धरानबाट आइ कम सम्मको शिक्षा अध्यन गरेका छन । सानो उमेर देखिनै हक्कि स्बभाबका तिलक धरानमा लोकप्रिय नेताको अग्रपन्तिमा छन । युवाहरुको ढुकढुकी र बृद्धहरुको साहारको रुपमा तिलकलाई धराने जनताले बिश्बास र भरोसा गर्ने गरेका छन । नेपाल बिद्यार्थी संघ हुदै नेपाली कांग्रेसको राजनितिमा तिलक होमिएका थिए ।

२०७४ सालमा सम्पन स्थानीय तहको निर्वाचनमा धरानको मेयर पदमा उप बिजेता भएर चित्त बिझाएका तिलक राई गत वर्षको मसिर १४ गते सम्पन उप निर्वाचनवाट बिजयी भई धरानको मेयरको रुपमा धरानको बिकाश र धरानवासीको उन्नतिकालागि लागि परिरहेका छन ।

तिलक राईले २०४७ सालबाट नेपाली कांग्रेसमा आबद्ध भएर राजनिती सुरु गरेका थिए । २०५४ सालमा भएको स्थानिय तहको निर्वाचनमा तिलक वडा नं १८ को सदस्य पदको उमेदवार रहे । २०५४ सालमै नेबिसंघ धरान सचिब , २०५५ सालमा तरुण दल धरान नगर सदस्य , २०५७ सालमा तरुण दल नगर अध्यक्ष , २०६२ सालमा नेपाली कांग्रेस धरानका नगर सचिब , २०६६ सालमा सम्पन १२ औ अधिबेशनमा नगर सभापतिको उमेदवार बने ।

त्यस्तै २०७२ सालमा सम्पन १३ औ अधिवेशनबाट नेपाली कांग्रेस धरानको सभापती , २०७४ सालमा मेयरको उमेदवार वनेका राई हाल कांग्रेसको नगर सभापति र धरानको मेयर पदको जिम्मेवारी बहन गरिरहेका छन । राजनितिसंगै सामाजिक रुपमा सक्रिय तिलक राई किरात राई यायोख्याको केन्द्रीय अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी सुनसरीको सचिब, उद्योग बाणिज्य संघको कार्यकारी सदस्य समेत भईसकेकाक छन ।

सप्तकोसी बस व्यसायी संघको अध्यक्ष, नेपाल गल्फ एसोसियसनको केन्द्रीय उपध्यक्ष , नेपाल शारिरिक सुगठनको ख क्षेणिको निर्णायक , आर्चरी संघ सुनसरीको अध्यक्ष , सुम्निमा वर्कशप व्यवसायि, होटल व्यवसायी जस्ता संघसंस्थामा रहेर धराने जनतासङ नजिक रहि सहकार्य तिलकले गर्दै आएका छन ।

भ्रष्टाचारको अन्त्य गरि धरानलाई समृद्ध शहर बनाउने हाम्रो एजेन्डा लिएर । धरानलाई शान्त, सभ्य र सुशासन युक्त शहर बनाउने कार्यमा लागि परेका छन । कर समायोजन , खाल्डाखुल्डी बनेको सडकको पुन निर्माण , प्रयाप्त पुर्वाधार, खानेपानी आयोजनाको सफल व्यवस्थापनमा कम्मर कसेर लागेका छन । ११ महिनाको समयमा उनको केहि सकारात्मक कामको चौतर्फी प्रशंसा हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved