न्यूरो अस्पतालले १७ सय ५० मै कोरोना परिक्षण गर्ने

  • प्रकाशित मितिः मंसिर १६, २०७७
  • १७८ पटक पढिएको
  • सञ्चारपाटी
alt

विराटनगर / विराटनगर स्थित न्यूरो अस्पतालले रु १७५० मै कोरोना परिक्षण गर्ने भएको छ । कोरोना संक्रमणका लक्षण देखिएका वा परिक्षण गर्न चहाने सबैको १७५० मै पिसिआर परिक्षण हुने भएको हो ।

सर्वसाधारणमा सहज हुने अपेक्षा सहित शुल्क समायोजन गरिएको अस्पतालका अप्रेस्नल निर्देशक राजेश भट्टराईले जानकारी दिए । पिसिआर परिक्षणमा थप कुनै शुल्क नलाग्ने समेत उनले बताए ।

साथै भाद्र ११ गते बाट सन्चालनमा आएको न्युरो अस्पतालद्धारा सन्चालित कोभिड अस्पताल कोरोना संक्रमित बिरामीहरुको लागी भरोसाको केन्द्र बनिरहेको छ ।

प्रदेश नं १ मा निजी स्तरबाट पहिलो पटक सन्चालनमा ल्याइएको कोभिड अस्पतालले अहिले प्रदेश नं १ र प्रदेश नं २ लगायत अन्य स्थानका लक्षण सहितका कोराना संक्रमित बिरामीहरुको उपचारमा आफुलाई अव्वल सावित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved