काठमाडौं / पार्टी मुख्यालय धुम्बाराहीमा सुरक्षा थ्रेट भएको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमै बस्ने भएको छ ।
मंगलबार विहान महासचिव विष्णु पौडेलले सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै बस्ने सूचना नेताहरुलाई दिएका हुन् ।
शनिबार बसेको बैठकमा अर्को बैठक पार्टी कार्यालय, धुम्बाराहीमा बस्ने भनिएको थियो । धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने गृह मन्त्रालयको रिर्पोटिङ रहेको भन्दै बालुवाटारमै बैठक बोलाइएको नेकपा उच्च स्रोतको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved