सप्तरीमा एम्बुलेन्स दुर्घटना, एकको मृत्यु

  • प्रकाशित मितिः मंसिर १६, २०७७
  • १५८ पटक पढिएको
  • सञ्चारपाटी
alt

सप्तरी / सप्तरीबाट बिरामी बोकेर उपचारको लागि विराटनगर लैजाँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ को लौनियाँबाट बिरामी बोकेर विराटनगर जाँदै गरेको स १ च ११२२ नम्बरको एम्बुलेन्स सडकमा रोकिएको एम ०१–एल–०३३६ ट्रलीमा ठोक्किँदा मङ्गलबार दुर्घटना भएको हो ।

दुर्घटनामा तिलाठी–२ को लौनियाँका ६५ वर्षीय ननुलाल मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतककी ४५ वर्षीया पत्नी भोलिदेवी मण्डल, ३० वर्षीय छोरा जितेन्द्र मण्डल र ५० वर्षीय भाइ रामसुन्दर मण्डल घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि विराटनगरको नोबेल अस्पतालमा भर्ना गरिएको छ । एम्बुलेन्स चालक फरार रहेकोले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved