इटहरीमा यौनकर्मीहरुको सडकमा यस्तो धन्दा

  • प्रकाशित मितिः मंसिर १६, २०७७
  • ३३६३ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । केहि बर्ष देखि यौनधन्दामा सुध्रदै गएको इटहरीमा फेरि यौनकर्मी महिलाहरुको चहलपहल सुरु भएको छ । रातको समयमा यौनकर्मी महिलाहरु सडकमै युवक बोलाउँन थालेको छन ।

विशेष गरि इटहरीको पश्चिम लाईन र विराटनगर लाईनमा युवतीहरु सडक छेउमा कसैलाई पर्खेको झै गरेर बस्ने र युवकहरुलाई बोलाउँने गरेका छन। होटलहरुमा राखेर यौनधन्दा गर्ने क्रम रोकिए पनि कर्ल गर्ल र सडकमै युवतीहरु आफ्नै रातभरीको मुल्य तोक्दै बस्ने गरेका छन ।

सोमबार राती युवतीहरु बाटो ढुकेर मलाई बोलाए इटहरीका एक व्यवसायीले भने । आफु घर जादै गरेको बेला दाई जाने हो भन्दै बोलाए पछि म चकित परे उनी भन्छन् । इटहरीमा फेरि यौनकर्मी महिलाहरु रातको समयमा हिड्न थालेको भन्दै प्रशासनलाई कडाइ गर्न माग गरे ।

इटहरी चोकमा अबेर सम्म यौनकर्मी महिलाहरु बस्ने गरेको स्थानीयहरुले समेत बताएका छन । तर प्रहरीले भने उनीहरुलाई देख्न सकेको छैन । रुखको छेउ छाउमा युवतीहरु बस्ने र युवाहरुलाई बोलाई यौनधन्दा गराउने गरेका छन । पछिल्लो केहि दिन यता पश्चिम लाइनमा ट्रक रोकिएको ठाउँमा समलिङ्गीहरुले समेत खुल्ला आकाशमा यौनधन्दा चलाईरहेका छन ।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved