काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकअघि पौडेलको जन्मदिनको अवसरमा केक काटिएको थियो ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले पौडेललाई केक खुवाएर शुभकामना दिएका थिए ।
त्यस अवसरमा पार्टी उपाध्यक्ष बामदेव गौतमले पौडेललाई १०० वर्ष बाँच्नुहोस् र राम्रो काम गर्दै जानुहोला भनी शुभकामना दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
पौडेललाई जन्मदिनको शुभकामना दिएपछि नेकपा बैठक सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved