पहिचानको सवाल

  • प्रकाशित मितिः पुष ९, २०७७
  • ४४३ पटक पढिएको
  • सञ्चारपाटी
alt

१ पहिचान भनेको के हो ? 

सामान्यतय पहिचान भन्नाले बहु– अस्तित्वको स्वीकृति लाई जनाउदछ । पहिचान परिवर्तन र अधिकार प्राप्ती को आन्दोलनको महत्वपूर्ण एजेण्डा हो । भिन्न भिन्न पक्षहरुको बीचमा हुने द्वन्द्व, संघर्ष तथा निषेध होइन सह अस्तित्वको सम्मान र संरक्षण हो । समान अवसरको प्रस्तुती हो । पहिचान, अन्य जाती, धर्म, लिङ्ग, संस्कृति,पेशा, वर्ग तथा क्षेत्रको अवसर तथा अधिकार खोस्नु होइन , उनीहरुको पहिचानलाई स्वीकार र सम्मान गर्दै आफ्नो पनि पहिचान स्वीकार गर्न लगाउने आइडोलोजी(Idiology) हो । यद्यपी समयको परिवर्तन सँगै पहिचानमा पनि परिवर्तन आउदछ । विद्वान “उडवार्ड”का अनुसार “पहिचानले हामिलाई हामी को हौ, अरु र जगतसित कसरी जोडिएका हुन्छौ भन्ने कुरा बताउनुको साथै हामी कसरी अरु जस्तै हौ र कसरी भिन्न रहेछौ भन्ने कुरा बताउछ । बास्तवमा पहिचान को परिचय भन्नु नै भेद वा भिन्नता हो । सारमा पहिचान भनेको कुनै मानव समूहको प्राकृतिक र सांस्कृतिक रुपमा बनेको अरु मानव समूह भन्दा भिन्न समूह वा अवस्था हो ।

२ पहिचानका किसिमहरु :

१ जातीय पहिचान, ७ अपाङ्गता पहिचान,
२ धार्मिक पहिचान, ८ स्थानीय पहिचान,
३ सांस्कृतिक पहिचान, ९ क्षेत्रीय पहिचान,
४ लैङ्गिक पहिचान, १० उपभोक्तवादी पहिचान,
५ पेशागत पहिचान, ११ भुमण्डलीय पहिचान,
६ समलैङ्गिक पहिचान १२ वर्णशंकर पहिचान , इत्यादी ।

 

३ जात (cast)जाती÷राष्ट्र (Nation)जातीयता ÷राष्ट्रियता (Nationality) पहिचानको मुद्दालाई बुझ्नको लागि सर्वप्रथम जात, राष्ट्र र राष्ट्रियता को फरक लाई बुझ्नु पर्दछ ।

 

(क) जात (cast)

जात जन्मको आधारमा हुन्छ । अर्थात रक्त सम्बन्धबाट जातको उत्पत्ति हुन्छ । हिन्दु वर्णाश्रम अनुसार उच्च मानिने जाति हरुले निच भनिएका जातीहरुलाई अपहेलना गर्ने र आफू लाई उच्च मान्ने मनोविज्ञान तथा व्यवहार लाई उच्च जातीय अहंकार भनिन्छ ।

(ख) राष्ट्र (Nation)

जन्मको आधारमा जात हुन्छ भने कर्म, वासस्थान, पेशा सामाजिक क्रियाकलाप को अन्तर्कियात्मक प्रकृया बाट जाती÷राष्ट्र बन्दछ । विद्वान “स्पिन्गर” का अनुसार “जाती भनेको एकै प्रकार ले सोच्ने, एकै प्रकारले बोल्ने मानिसहरुको मेल हो । ” विद्वान “बोयर” का अनुसार “जाती भनेको एक सापेक्षित समुदाय हो, जातीय चरित्र भनेको एक जनजाती को जनता लाई अर्को जनजातीको जनता बाट छुट्याउने विशिष्टता हरुको कुल योग हो ।”
नेपालको संविधानको धारा ३ अनुसार राष्ट्र, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता राष्ट्रिय हित तथा समृद्धि प्रति आस्थावान रहि एकताको सुत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।” जात रक्त सम्बन्धबाट उत्पत्ति हुन्छ भने जाती सामाजिक सम्बन्ध त्रियाकलाप र व्यवहार बाट बन्दछ । सारमा जाती भनेको सामाजिक समुदाय हो । जात जाति सँग प्रजाती पनि देखा पर्दछ । जसलाई जनजाती भनिन्छ । “नृवंशशास्त्र का अनुसार समान विकास को क्रममा पछाडी परेका साझा पहिचान को सट्टा विशिष्ट खालको मौलिक पहिचान संस्कृति र परम्परा भएको विकासको प्रकृयमा (अविकसित) रहेको समुदाय प्रजाती हो । अर्थात एउटा मूलजाती भित्रका स–साना जातीहरु हुन् ।  जाती मानिसहरु को निश्चित समुदाय जाती÷राष्ट्र (nation) को रुपमा रहनको लागि त्यो मानव समूह सँग कम्तीमा ५ मौलिक अवस्था रहनुपर्दछ ।

(१) मौलिक भाषा (२) मौलिक संस्कृति (३) साझा मनोविज्ञान (४) खास भूगोल (५) साझा आर्थिक जीवन ।

(ग) राष्ट्रियता (Nationality)

मौलिक पहिचान सहितका मानव समूह राष्ट्र (Nation) हो भने राष्ट्र बन्ने स्थितिमा नपुगेका मौलिक पहिचान सहित का मानव समूह राष्ट्रियता (Nationality) हुन् । वेग्लै भाषा संस्कृति धर्म, परम्परा र जाती पहिचान भएका समुदायलाई राष्ट्रियता भनिन्छ । “Nationality is the state of being part of a nation whether  by birth or naturalisation or ties to a specific nation ”

४ आत्म निर्णयको अधिकार

समान्यतय सबै जातीय आन्दोलन ले आत्म निर्णयको अधिकार को माग गर्दछ । जसको अर्थ जाती लाई मात्र आफ्नो भविष्यको फैसला गर्ने अधिकार रहन्छ । सरकारलाई रहदैन भन्ने हो । अर्थात जातीले आफ्नो लागि आफै निर्णय गर्न पाउनु नै आत्मनिर्णयको अधिकार हो ।

५ जातीय मुक्ति आन्दोलन

माक्र्सवादी दृष्टिकोण अनुसार समाजमा वर्गको उत्पत्ति पछी जातीय समस्या देखापरेको हुदाँ वर्गको अस्तित्व समाप्त भएपछि मात्र जातीय समस्या देखापरेको हुदाँ वर्गको अस्तित्व समाप्त भएपछि मात्र जातीय समस्या समाप्त हुनेछ भन्ने मान्यता राख्दछ । अर्थात जातीय मुक्ति आन्दोलन वर्गीय मुक्ति आन्दोलनको अभिन्न अंग हो । जातीय मुक्तिको सवालमा शास्त्रीय माक्र्सवाद को यो दृष्टिकोण आजको बदलिदो विश्व परिवेश सापेक्ष देखिदैन । त्यसकारण जातीय मुक्ति आन्दोलनका सवालमा उत्तर आधुनिक माक्र्सवाद को विकास हुन आवश्यक देखिन्छ । किनकी यस दृष्टिकोण अनुसार साम्यवादमा मात्र वर्गको अस्तित्व समाप्त हुन्छ । समाजवाद हाम्रै जीवनकालमा सम्भव छ भने साम्यवाद काल्पनिक स्वर्ग वा मृगतृष्णा मात्र हो । तर जातीय÷पहिचान को आन्दोलन विश्वका धेरै मुलुक हरुमा स्थापित भै सकेको राजनीतिक कदम वा प्रणाली ।

६ नेपालमा पहिचानको सवाल

नेपालमा हिन्दु वर्णाश्रम, मनुस्मृति, खस, आर्य संस्कृति तथा वैदिक परम्पराले रक्त शुद्धता र संस्कृति लाई महत्व दिएको कारणले काम वा व्यवसायको आधारमा जातीय पहिचान कायम भएको पाइन्छ । त्यसकारण ठूलो जाती मानिने ले सानो जाती मानिने माथि गरिने शाोषण, दमन र अत्याचारले सामाजिक विषमता सृजना ग¥यो । जुन क्रमशः जातीय द्वन्द्वमा परिणत भयो । त्यसकारण जाती मुक्ति तथा पहिचानको आन्दोलन विना सामाजिक न्यायमा आधारित समाजको स्थापना र विकास सम्भव छैन । जातीय आन्दोलन नै पहिचानको आन्दोलन को एउटा भाग वा पक्ष हो । नेपालमा २०४६ सालको राजनीतिक परिवर्तन पछि यो शब्दको चर्चा हुन थाल्यो भने २०६३ सालको राजनीतिक परिवर्तन पछि बहसको महत्वपूर्ण एजेण्डा बन्न पुग्यो । बहुपहिचान सहितको संघीयताको नाम मा पहिचान को आन्दोलन माओवादी र मधेश आन्दोलनले स्थापित ग¥यो । धेरैपछि संघीयता अवलम्वन गर्ने दक्षिण अफ्रिकाले समेत इन्द्रेणी राष्ट्र (रेम्वो नेशन) को अभ्यास गर्दैछ ।

७ अबको बाटो

नेपालको संविधानको प्रस्तावनामा सामान्ती निरंकुश केन्द्रिकृत र एकात्मक राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहु संस्कृतिक तथा भौगोलिक विविधता युक्त विशेषता लाई आत्मसाथ गरी विविधता बीचको एकता सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव लाई संक्षण एंव प्रवर्धन गर्दै वर्गीय, क्षेत्रीय, भाषिक, धार्मिक लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता संमृद्धि र सामाजिक न्याय सुनिश्चितता गर्न समानुपातिक समावेृशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने ।

संविधानको प्रस्तावना उल्लेखित उक्त प्रावधान र धारा ३ बमोजिम राष्ट्रको परिभाषले नेपालमा पहिचानको आन्दोलन लाई संवैधानिक मान्यता प्रदान ग¥यो र पहिचानको मुद्दा लाई राज्यको पुनसंरचनामा सम्वोधन गर्ने संवैधानिक प्रतिबद्धता जाहेर ग¥यो । तर राज्यको पुर्नसंरचना गर्दा बहुपहिचानको नाममा पहिचान र सामर्थता दुवै आधार लाई अस्वीकार गरियो । परिणामस्वरुप संघीयता को मोडेल कुरुप वा वर्णशंकर बन्न पुग्यो ।

विगतमा संघीयता अस्वीकार गर्ने हरु संघीयताको यही मोडेल लाई सही सावित गर्न लागीपरेका छन् भने पहिचान र संघीयता को मुद्दा स्थापित गर्ने शक्तिहरु निरन्तर अस्वीकार गर्दै संघीयताको वर्तमान ढाँचाको परिमार्जनको माग गर्दैछन् । संविधानले स्वीकार गरेको पहिचानको मुद्दालाई संवोधन गर्नु नै जागृत हुदै गइरहेको सामाजिक द्वन्द्व समाधान गरी समृद्ध राष्ट्र निर्माण गर्ने सर्वोत्तम बाटो हुन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved