यस्ता छन् खुसी रहने उपायहरु

  • प्रकाशित मितिः पुष २०, २०७७
  • १५६ पटक पढिएको
  • सञ्चारपाटी
alt

खुसी रहने तरिका सबैका लागि एउटै नहुन सक्छन्। कोही शान्त वातावरणमा रमाउँदा खुसी होलान् भने कोही आफ्नो मिल्ने साथीहरुसँग समय बिताउन पाउँदा खुसी होलान्। र, कोही आफ्नो सपनालाई पछ्याउँदै स्वतन्त्र रुपमा अगाडि बढ्नुलाई खुसी मान्लान्।

जे जस्तो भए पनि खुसी रहनु ठूलो कुरा हो। खुसीले मानिसलाई आत्मसन्तुष्टि दिन्छ। तपाईंलाई कसरी खुसी रहने भनेर जिज्ञासा छ भने केही उपायहरु अपनाउन सक्नुहुन्छ।

राम्रो बानीले खुसी रहन मद्दत गर्छ। त्यसो भए आफ्नो बानीमा परिवर्तन किन नगर्ने त रु सकारात्मक बानीलाई आफ्नो तालिकामा समावेश गर्नुस्। खुसी हुन सबैका आआफ्ना तरिका भए पनि उल्लेखित केही तरिकाहरु काम लाग्न सक्छन्।

मुस्कुराउनुस्

हामी खुसी हुँदा हाँस्ने गर्छौँ। हामी जब खुसी हुन्छौँ तब हाँस्छौँ। मुस्कुराउनु किन राम्रो हो भने यसले दिमागबाट डोपामिन नामक हार्मोन रिलिज गर्छ, जसले गर्दा हामी खुसी हुन्छौँ। हाँसोको मतलब बनावटी हाँसो होइन। हरेक बिहान ऐना अगाडि हाँस्ने अभ्यास गर्नुस्, खुसी हुन सिकिन्छ।

व्यायाम गर्नुस्

व्यायाम शरीरका लागि मात्र आवश्यक छैन। नियमित व्यायामले तनाव, चिन्ता अनि डिप्रेसनका लक्षणहरुलाई आत्मविश्वास र खुसीमा बदल्न मद्दत गर्छ। थोरै मात्र व्यायाम गर्दा पनि धेरै फरक पार्छ। ५ मिनेट पनि आङ तन्काउनुभयो भने हल्का हुन्छ। त्यसैगरी हिँड्ने बानी बसाल्न सक्नुहुन्छ। रातिको खाना खाएपछि एकछिन टहल्नु राम्रो हुन्छ। त्यसैगरी योग कक्षा पनि लिन सक्नुहुन्छ। नृत्य गर्नुहोस्, आफ्नो मनपरेको खेलकुद खेल्नुस् खुसी भइन्छ।

डायरी या टिपोट गर्ने बानी बसाल्नुस्

लेख्नु आफ्ना विचार तथा भावना पोख्ने अनि प्लानहरु बनाउने राम्रो माध्यम हो। यसरी लेख्दा मन हल्का हुन्छ। लेख्नका लागि तपार्इं विद्धान वा एकदमै लेख्न जान्ने हुनुपर्छ भन्ने छैन। हरेक रात सुत्नुभन्दा पहिले केही न केही लेख्ने बानी बसाल्नुस्।

साथीभाइसँग भेट्नुस्

मिल्ने साथी भयो भने धेरै कुरा सेयर पनि हुन्छ र खुसी रहन सकिन्छ। साथीहरुको याद आयो भने समय मिलाएर भेट्नुस्। प्रत्यक्ष भेटेर कुरा गर्दा र फोन तथा म्यासेजमा कुरा गर्दाको क्षण नै छुट्टै हुन्छ। जति ठूलो हुँदै गयो, साथीहरु पनि घट्दै जान्छन्। तर धेरै साथीहरु हुनु ठूलो कुरा होइन, मिल्ने साथी हुनुपर्छ। एउटै साथी भए पनि काफी हुन्छ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved