राजनीति चर्चा, हँसाउने कमरेड,देश हाँक्ने काँग्रेस

  • प्रकाशित मितिः पुष २५, २०७७
  • ३०६ पटक पढिएको
  • धुव्र ढकाल
alt

नेपाली राजनिति अहिले चिया पसल देखी चुलो चौका सम्म चर्चाको बिषय भएको छ । नहोस् पनि कसरी सरकारमा र सडकमा एउटै पाटीका मान्छे, उनिहरुनै जिन्दावाद र मुर्दावादको नारा लगाउछन् । समग्रमा हेर्नेहो भने वर्तमान ओली सरकारले आफ्नो अलोकप्रियता देखाउन कुनै कसर बाँकि राखेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको अलोकप्रियता पछिल्लो उदाहरण हो, प्रधानमन्त्रीको सिफारीसमा राष्ट्रपतीद्वारा गरीएको प्रतिनिधि सभा विघटन । उक्त कदमविरुद्ध नेकपाकै अध्यक्षसहित अहिले पार्टी दुई खेमामा बाडिँएको छ । यो बेला देशभर प्रधानमन्त्री ओलीको कदमको सर्वत्र विरोध भएको छ । प्रधानमन्त्री कदमलाई कु को संज्ञा दिदै नेपाली कांग्रेस पनी विरोधमा उत्रिएको छ । सरकारविरुद्ध लक्षित गर्दै कांग्रेस सडकमा उत्रिएपछि केहिले कांग्रेसलाई प्रतिपक्षीको भुमिका निभाउन नसकेको र हारेको पार्टी भनेर टिप्पणी गरेको देखेको छु, सुनेको छु । तथापी नेपाली जनतामा कांग्रेस पार्टीप्रतिको झुकाव बढ्दो छ । यस्ता घटनाले त काँग्रेस लाई अझ बलीयो बनाउने मौका मिलेको छ ।

तत्कालिन राणाशासनदेखि राजतन्त्रको अन्त्यसम्मको नेतृत्व गरेको पार्टी नेपाली कांग्रेस नेपाली जनतामाझ सामाजिक परिवर्तनको पर्याय झै छ । त्यसैले नेपाली कांग्रेस नेपालको एक समाजवादी जनवादी राजनीतिक दल हो । जसको स्थापना सन् १९५० मा नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकिकरणबाट भएको थियो । महामानव विश्वेश्वर प्रसाद कोइरालाको विचार र सर्मपणले सिञ्चित नेपाली कांग्रेसबाटै कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री र सरकार गठन गर्न सफल भए । पटक पटकको राजनितिक हस्तक्षेपविरुद्ध धेरै राजनेता र पार्टिहरूले शिर निहुराएको बेला नेपाली कांग्रेसले हमेशा प्रजातन्त्र विरोधि कदमको डटेर सामना गरेको इतिहास छ ।

७० बर्षे कांग्रेसी इतिहासमा केवल ७ सभापतीले समालेको नेपाली कांग्रेसको बागडोरमा मातृकाप्रसाद कोइरालादेखी वर्तमान सभापती शेरबहादुर कोइरालासम्म उहि जोशका साथ अगाडी बढि रहेको छ । तर यति लामो इतिहासमा अझै पनि कांग्रेसको नेतृत्व ठिक छ । कांग्रेसको नीति ठिक छ, शैली ठिक छ, आचरण ठिक छ त्यसैले मेरोजनताको आस्था र बिश्वास पनि नेपाली कांग्रेसमा छ ।

वाक स्वतन्त्रता भएको, खुला, समाजले विश्वास गर्ने पार्टी नेपाली कांग्रेस नै हो । राणा शासनकालदेखि नै अनवरत रुपमा बहुदलीय लोकतन्त्रका पक्षमा लड्दै आइरहेको पार्टी नेपाली कांग्रेस राष्ट्रियता, बहुदलीय प्रतिष्पर्धामा आधारित लोकतान्त्रिक व्यवस्थामा विस्वाश राख्दछ । निरंकुश जहानीयाँ राणा शासन र वि.स. २०१७ पछि २०४६ सम्म अधिनायकवादी राजतन्त्रविरुद्व शान्तिपूर्ण सशस्त्र संघर्ष गरेको कांग्रेस दल मात्र होइन एउटा अभियान पनि हो ।
बि.स. २०६३ सालमा राजतन्त्रको अन्त्यपछि सम्पूर्ण राजनैतिक शक्ति जनताको हातमा आयो । यसको नेतृत्व शिखर पुरुष गिरीजाप्रसाद कोइरालाले गरे । त्यसबेला निरंकुश र अधिनायकवादी सोचविरुद्ध कांग्रेसका अगाडि चुनौतिका पहाडहरु थिए । तर कोइरालाले त्यसको सामु चट्टानसरी उभिएर सामना गरे । ससस्त्र जनजुद्धमा रहेको तत्कालिन माओवादीलाई वार्तामार्फत राजनिति र सत्तासम्म ल्याउने हिम्मत केवल कांग्रेसमा थियो । र कोईरालाले जंगलमा छटपटाएको माओवादी लाई राजनितिको मुल धारमा ल्याए ।

कुनैबेला कम्युनिष्ट अधिनायकवादको धङधङी बोकेको तत्कालिन नेकपा (एमाले) नेकपा बनेर दुई तिहाइ मत बोकेर जनतामाझ रहँदा राष्ट्रका गम्भीर चुनौतिको सामना गर्न सकेको छैन । जनताका मुलभुत आवस्यकता गास, वास र कपासको सम्बोधन, संविधान कार्यान्वयन, मधेश लगायत अरु क्षेत्रहरुका मागको उचित सुनुवाइ गर्न अग्रसर हुनु भन्दा जनता लाई कहिले पानिजहाज त कहिले रेलको भाषणले अनावस्यक सपना देखाउछन् । यो असक्षम वर्तमान ओली सरकार कोरोना महामारीका अगाडी घुडा टेक्न बाध्य भयो ।

अहिले आफ्नै पार्टीका नेता रिझाउन नसकेको नेकपाले जनताको स्वास्थ्यजस्तो महत्वपुर्ण विषयमा ध्यान हटाएर आन्तरीक किचलोमा व्यस्त छ । त्यसैले अब नेपाललाई जनताको जनजीविका, सम्मानित जीवनयापन गराउन सक्ने सामाजिक, आर्थिक व्यवस्थापन गर्न सक्ने लोकतन्त्रको आवश्यकता छ । त्यसैले अब मूल्य, मान्यता, विचार र निष्ठाको राजनीति गर्ने कांग्रेसमा जनमत आवोस् भन्ने मेरो कामना छ । पेशाले म स्वतन्त्र पत्रकार हुँ । मेरो आस्थाले मेरो पत्रकारीतामा कहिल्यै असर गरेको छैन र गर्ने पनि छैन । मेरो कलमले केवल जनताको आवाज बोल्दछ । जय नेपाल ।।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved