गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन

  • प्रकाशित मितिः पुष २५, २०७७
  • १७१ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’ को निधन भएको छ । पारिवारिक स्रोतले बताएअनुसार शनिबार बिहान उनको निधन भएको हो ।

१९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमाल कवि एवं गीतकारका रूपमा चर्चित छन् । कदमले लेखेको ‘जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथा’ लगायत गीत चर्चित छन् ।

गायक दीप श्रेष्ठका अनुसार रिमाललाई उर्जाशील गीतकार हुन् । श्रेष्ठका अनुसार छोटो समयमा पनि धेरै गीत सृजना गर्न सक्ने क्षमता भैरवनाथ रिमालसँग थियो । रिमालको शब्दमा दीप श्रेष्ठले एक दर्जन गीत गाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved