नोबेल अस्पतालले छ जना बिरामीलाई निःशुल्क मुटुको भल्ब लगायो

  • प्रकाशित मितिः पुष २६, २०७७
  • १६९ पटक पढिएको
  • सञ्चारपाटी
alt

विराटनगर / नोबेल शिक्षण अस्पतालमा ६ जना बिरामीलाई निःशुल्क मुटुको भल्ब लगाइएको छ । मोरङ, सुनसरी, झापा र उदयपुरका न्यून आर्थिक अवस्थाका दुई पुरुष र चार महिलालाई निःशुल्क मुटुको भल्ब लगाइएको हो ।

नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको पहलमा सिन्धु सर्जिकल कन्सन प्रा.लि.का सञ्चालक यज्ञ भण्डारीले ७ लाख २० हजार मूल्य बराबरको १० वटा भल्व निःशुल्क उपलब्ध गराएका थिए ।

भण्डारीमार्फत प्राप्त भएको भल्ब न्यून आर्थिक अवस्थाका ६ जनालाई निःशुल्क लगाइएको अस्पतालले जनाएको छ । गरिब बिपन्न परिवारका थप चार जना विरामीलाई पनि निःशुल्क भल्ब लगाइने जनाइएको छ ।

प्रतिव्यक्ति करिब ७२ हजार मूल्य पर्ने मुटुको भल्ब उनीहरुलाई निःशुल्क लगाइएको नोबेल अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved