विराटनगर । विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणको प्रक्रिया अगाडि बढेको छ। विस्तारलाई आवश्यक जग्गा अधिग्रहणसँगै टर्मिनल भवन निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढाइएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरव आयोजनाका निर्देशक एवं एयरनोटिकल इन्जिनियर विभागका प्रमुख प्रदीप अधिकारीका अनुसार नयाँ टर्मिनल भवनको डिजाइन तयार भइसकेको छ।
तीन अर्ब लागतमा साविक विमानस्थलको कार्यालय उत्तरतर्फको जग्गामा निर्माण गरिने भवन डोमेस्ट्रिकसँगै अन्तर्राष्ट्रिय उडान सुरु हुँदा प्रयोगमा ल्याउनसक्ने गरी डिजाइन तयार पारिएको अधिकारीले जानकारी दिए।
सरकारले गत कार्तिक २७ गते विमानस्थल विस्तारका लागि आवश्यक पर्ने १२६.४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय गरेसँगै प्रारम्भिक रुपमा काम अगाडि बढिसकेको छ।
प्राधिकरणले १० वर्षभित्रमा विराटनगर विमानस्थललाई दुईहजार ५०० सय मिटरमा विस्तार गर्ने लक्ष्य राखेको छ। त्यसका लागि जग्गाबाहेक १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। सन् २०२०–२०२३ सम्ममा टर्मिनल भवन र रन–वे स्ट्रिप विस्तारका लागि चार अर्ब खर्च हुने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved