इटहरीमा पृथ्वीजयन्ती यसरी मनाइयो

  • प्रकाशित मितिः पुष २७, २०७७
  • १९८ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी / इटहरीमा पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती भव्य कार्यक्रम आयोजना गरी मनाईँएको छ । नेपाल एकीकरण गर्ने शाहप्रति सम्मान गर्दै पृथ्वी जयन्ती मनाइएको हो ।

पृथ्वी जयन्ती मनाउन बनाइएको समितिले इटहरी चोकमा र्यालीपछि कार्यक्रम आयोजना गरेको थियो ।

पृथ्वी नारायण शाहको भेषभुषामा स्थानीय सूर्य निरौलालाई घोडामा चढाएर नगर परिक्रमा गराइएको थियो । कार्यक्रममा महिलाहरुले पन्चैबाजा बजाएका थिए । कार्यक्रममा इटहरीवासीको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा सभापती तथा संयोजक कृष्णबहादुर न्यौपाने, प्रमुख वक्ता डा. प्रेमसिंह बस्न्यात, पुर्व भुमिसुधार मन्त्री रामकुमार सुब्बालगायतले बोलेका थिए । कार्यक्रममा नेपाली सेनालेसमेत सहभागिता जनाएको थियो । नेपाल एकीकरण तथा पृथ्वी जयन्ती समारोहले आयोजना गरेको कार्यक्रममा जगतगुरु बालसन्त मोहनशरण देवाचार्यलेसमेत सम्बोधन गरेका थिए ।

कार्यक्रममा केही समयअघि भएको वक्तृत्वकला प्रयोगिताका विजेताहरुलेसमेत पृथ्वीनारायणको विषयमा वाककला प्रस्तुत गरेका थिए ।

11

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved