साँढेले हानेर ८० वर्षीय वृद्धाको ज्यान गयो

  • प्रकाशित मितिः पुष २८, २०७७
  • १७४ पटक पढिएको
  • सञ्चारपाटी
alt

सप्तरी / सप्तरीमा साँढेले हान्दा एक ८० वर्षीया वृद्धाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालयका छिन्नमस्ता गाउँपालिका–२ निवासी ८० वर्षीया दुर्गीदेवी साहको साँढेले हान्दा मृत्यु भएको हो।

सोमबार राति ९ बजे आफ्नै घरअगाडि बाटोमा हिँडिरहेकी ती वृद्धालाई साँढेले हानेका र उपचारका लागि गजेन्द्र नारायण स्ंिह अस्पताल राजविराज ल्याउने क्रममा उनको बाटैमा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताए।

ती महिलाको शव अहिले गजेन्द्र नारायण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved