मोटरसाइकल चोर समात्न झापामा प्रहरीको ‘अपरेसन हन्ट’, सात जना नियन्त्रणमा

  • प्रकाशित मितिः पुष २८, २०७७
  • १९६ पटक पढिएको
  • सञ्चारपाटी
alt

झापा / झापाका विभिन्न शहरी इलाकाबाट मोटरसाइकल चोरी हुने घटना नयाँ होइन। मोटरसाइकल चोरी सम्बन्धी उजुरीका चाङले प्रहरीलाई समेत टाउको दुखाईको विषय बनिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय अनारमनीले चलाएको विशेष अभियानले अहिले आएर सफलता पाएको छ।

झापाको विर्तामोडका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएका धेरै उजुरी इलाका प्रहरी कार्यालय अनारमनीमा परेपछि उक्त कार्यालयले ‘अपरेसन हन्ट’नाम गरेको अभियान नै सञ्चालन गरेको कार्यालयका प्रमुख, प्रमुख नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

इलाका प्रहरी कार्यालय अनारमनीले मोटरसाइकल चोरी गरेर धन्दा चलाउने गहिरोका सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाम, पाँचथर र ताप्लेजुङ घर भएका उनीहरुले विर्तामोडमा डेरा गरी बसेर मोटरसाइकल चोरी धन्दा चलाउँदै आइरहेको खुलेको छ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीले मंगलबार बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। उनीहरूले विर्तामोडबाट मोटरसाइकल चोरी गरेर पहाडका विभिन्न दुर्गम स्थानमा लगेर राखेर बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ।

मोटरसाइकल चोर्नेहरू पक्राउ पर्नेमा माइ नगरपालिका–६ बस्ने मनिष गिरी, सोही ठाउँका रोशन गिरी, राजेश गिरी, सोही नगरपालिका २ का क्षिातिज भनिने रोशन तामाङ र वडा नम्बर ८ का रोशन बुढाथोकी रहेका छन्।

त्यस्तै पाचँथरका पासाङ तामाङ र ताप्लेजुङका सन्दिप लिम्बु रहेका इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख, डिएसपी मुकुन्द रिजालले जानकारी दिए।

प्रहरीले उनीहरुको साथबाट झापा लगायतका विभिन्न जिल्लाबाट चोरी गरिएका १४ थान मोटरसाइकल बरामद गरेको छ। पक्राउ परेका सातै जनालाई झापा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved