विराटनगर / विराटनगर–६ सरोचीयामा मंगलबार(आज) दिउँसो भएको सिटी सफारी दुर्घटनामा परेर एक वृद्धाको मृत्यु भएको छ ।
दुर्घटनामा विराटनगर–१६ की ६८ वर्षीया वृद्धा प्रभा पोखरेलको ज्यान गएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएकी पोखरेलको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
सडकमा तीव्र गतिमा गुडिरहेको मोटरसाइकलाई बचाउने क्रममा सिटी सफारी पल्टिएर खाल्डोमा परेको प्रहरीले जनाएको छ । त्यस क्रममा सफारीमा यात्रा गरिरहेकी वृद्धा घाइते भएकी थिइन् ।
प्रहरीले सफारी चालक सुनसरीको बर्जु गाउँपालिका–२ का ३० वर्षीय कृष्णकुमार साहलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved