प्रचण्ड-नेपाल समूहको बागमती प्रदेशस्तरीय भेला आज

  • प्रकाशित मितिः पुष २९, २०७७
  • ९७ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / नेकपाको प्रचण्ड-नेपाल समूहले आज (बुधबार) बागमती प्रदेशस्तरीय कार्यकर्ता भेला गर्दैछ।

दिउँसो १२ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा सुरु हुने भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड-नेपाल समूहले मंगलबार प्रदेश नम्बर २, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला गरेको थियो।

सबै प्रदेशमा भेला सकिएपछि माघ २ गतेदेखि विरोध प्रदर्शनका कार्यक्रम शुरु गर्ने नेकपाले जनाएको छ। नेकपा ९प्रचण्ड(नेपाल०ले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध कानूनी र राजनीतिक लडाइँलाई सँगसँगै अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved