चतरा / नेपाली काँग्रेसले माघ ३ गते वराहक्षेत्रमा र्याली सहित बिरोध सभा आयोजना गर्ने भएको छ ।नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार माघ ३ गते शनिबार वराहक्षेत्र नगर समितिले पनि सरकार बिरुद्ब बिरोध सभा आयोजना गर्ने लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असैंवधनिक कदमको विरुद्धमा नेपाली कांग्रेस वराहक्षेत्रले वडा नं ६ को चक्रघट्टि स्थित बुधबारे चौकमा सभा गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेस वराहक्षेत्र नगर समितिको मङलबार बैठक बसेर चक्रघट्टिमा सभा गर्ने र बुधबारे चौकमा बिहान साढे ११ बजे भेला भएर आइतवारे चोक, सिनेमा हल हुँदै महेन्द्र गेटहुदै रेल्वे मुनाल चौक, स्टेट हुँदै रागा चौक हुँदै बुधवारे चौकमा पुर्न आएर बिरोध सभा गर्ने निर्णय गरेको हो ।
नगर सभापति सभापति नारायण नेपालको अध्यक्षतामा बसेको बैठकले प्रमुख वक्ता केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीलाई सहभागी गराउने निर्णय समेत गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम केपि ओली सरकारले ससद बिगठनको कदमलाई असवैधानिक ठहर गर्दै यसअगाडि एकैदिन ७७ वटै जिल्ला, १६५ र पौष २५ गते एकै दिनको देशको ३ सय ३० वटै प्रदेश सभा क्षेत्रमा सभा आयोजना सम्पन गरेको थियो । भने माघ ३ गते शनिबार एकै दिन सम्पुर्ण ७ सय ५३ वटै पालिकामा एकै दिन बिरोध सभा र माघ ८ गते सबै पालिकाको ६ हजार ७ सय ४३ वटै वडाहरूमा विरोध सभा गर्ने तालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved