नेदरल्याण्ड्स सरकारले तीन हप्ता लकडाउन थपेको छ ।
यो लकडाउनमा पनि कुनै छुट नहुने सरकारले बताएको छ । सरकारले मानिसलाई लकडाउन कडाइका साथ पालना गर्नुपर्ने बताएको छ । हेल्थ मिनिस्ट्रीले हाई अलर्ट जारी राख्दै देशमा फेरि तीन हप्ता लकडाउन बढाइएको बताएको हो ।
संक्रमण बढ्दै गएपछि सरकारले यो नियम अपनाएको बताइएको छ । देशमा कोरोना भाइरसको नयाँ स्ट्रेन पनि फेला परिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved