म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

  • प्रकाशित मितिः पुष २९, २०७७
  • ८६ पटक पढिएको
  • सञ्चारपाटी
alt

लण्डन / बर्नलीलाई १–० गोल अन्तरले हराउँदै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति बर्नलीको मैदानमा भएको खेलमा युनाइटेडका पाउल पोग्बाले ७१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जीतसँगै युनाइटेड शीर्ष स्थानमा उक्लिएको हो । युनाइटेडले १७ खेलमा ३६ अंक जोडेको छ । बर्नली १६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

लिगअन्तर्गत भएका अरु खेलमा एभर्टनले वुल्भ्सलाई २–१ तथा शेफिल्ड युनाइटेडले न्यूक्यासललाई १–० ले पराजित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved