मोरङ / मोरङको ग्रामथान गाउँपालिका-७ का ३३ बर्षीय मनोज साह सुन्दरहरैचा नगरपालिका-११ बेलेपुर स्थित झरना खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् ।
आज दिउँसो १२ बजेको समयमा उक्त स्थानमा मानिस डुबी मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले साहलाई मृत अबस्थामा फेला पारेको हो । मृतक साहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved