आज थप ४४५ जनामा कोरोना संक्रमण, ५ जनाको ज्यान गयो

  • प्रकाशित मितिः पुष २९, २०७७
  • १२४ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप ४ सय ४५ जनामा कोरोना पुष्टि भएको जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ४ सय १४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय ३४ जना पुगेको छ ।

२४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय ३७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved