जापानमा विदेशीलाई आउन फेरी निषेध'

  • प्रकाशित मितिः पुष २९, २०७७
  • १३५ पटक पढिएको
  • सञ्चारपाटी
alt

जापानले गैरआवासीय विदेशीहरूलाई जापान प्रवेश गर्न फेरी रोक लगाएको छ । कोरोनाभाइरसको महामारी थप फैलिँदै गएपछि सरकारले फेरी विदेशीहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री योशिहिडे सुगाले सबै देशका गैरआवासीय नागरिकलाई जापान प्रवेश गर्न नदिने बुधबार घोषणा गरे । जापानले कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि देशका धेरै क्षेत्रमा सङ्कटकाल लगायतका कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरेको छ ।

पूर्व निर्धारित अत्यावश्यक यात्राका लागि भने कडा मापदण्ड पालना गरेर मात्रै प्रवेश गर्न दिने व्यवस्था पनि सरकारले गरेको छ । विदेशीलाई प्रवेश निषेध गर्ने निर्णय आगामी फेब्रअरी ७ तारिखसम्म लागू हुने अधिकारीहरूले जनाएका छन् । आवश्यकतानुसार सो अवधि लम्बिन पनि सक्ने उनीहरूले स्पष्ट पारेका छन् ।

जापानमा अहिले दैनिक हजारौँ सङ्क्रमित हुने गरेका छन् भने सङ्क्रमितहरूको सङ्ख्या पहिलाभन्दा बढी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved