इटहरीमा हुने फुड एण्ड बेभरेज मेला घुमौ

  • प्रकाशित मितिः फाल्गुन २८, २०७७
  • १०९३ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी  । कोरोनाले थलिएको पर्यटन क्षेत्र उकास्नका लागि इटहरी उपमहानगरपालिकामा यही फागुन २९ गते एक दिने फुड एण्ड बेभरेज मेला हुदैछ ।

इटहरी रंगशालामा हुन लागेको यो मेला अरु बेला हुने मेला महोत्सव भन्दा फरक छ । आन्तरिक पर्यटन प्रवद्र्धन सँगै विदेशी खानाको स्टल हुने छ । प्रदेश एककै केन्द्र इटहरीमा बेला–बेला हुने मेला महोत्सव र मनोरञ्जन नभएको करिब एक बर्ष भयो । पर्यटन प्रवद्र्धन र मनोरञ्जन दिने उदेश्यले जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरी तथा प्रिमियर कलेज इटहरीको व्यवस्थापनमा मेला लाग्दै छ । यसै विषयमा जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष तेजबहादुर पुरी सँग सञ्चारपाटीले मेलाको

विषयमा गरेको कुराकानीः

फुड एण्ड बेभरेज मेलाको तयारी कसरी गर्नु भएको छ ?

यस वर्ष कोरोनाका कारण इटहरीमा हुन नसकेको मेला महोत्सवलाई मध्यनजर गर्दै विदेशी परिकार खादै मेला हेर्ने वातावरण तयार गरेका हौ । आन्तरिक पर्यटनको चहल पहल गराउने उदेश्यका साथ मेलाको तयारी गरिरहेका छौ । यहाँ नेपाली खाना सँगै विदेशी खानाको स्टलहरु राख्ने काम भईरहेको छ ।

मेलामा कति दर्शक आउने अनुमान गर्नु भएको छ ?

मेलामा ४ देखि ५ हजार दर्शकले मेला अवलोकन गर्ने अनुमान गरेका छौ । यो मेलामा राष्टिय कलाकार,स्थानीय कलाकार सँग रमाउने र विदेशी खानाको परिकार चखाउने हाम्रो उदेश्य हो । हामीले यो मेलामा नाफा घाटा हेरेका छैनौ । केवल आन्तरिक पर्यटन बढाउने प्रमुख उदेश्य हो ।

पर्यटन क्षेत्रमा चहलपहल बढ्न थालेको हो ?

कोरोनाको महामारी पछि अहिले आन्तरिक पर्यटनहरु बढ्न थालेका छन । लामो समय देखि सुस्ताएको पर्यटन क्षेत्रमा चहल पहल बढ्दै छ । सुनसरीको पर्यटन क्षेत्रको विकासको लागि हामी हाम्रो तर्फबाट सक्दो प्रयास गरिरहेका छौ । हामीले आन्तरिक पर्यटन पवद्र्धनमा ध्यान दिदै यो फरक किसिमको मेला गर्दे छौ ।

मनोरञ्जन सँगै नयाँ स्वाद चाख्न पाईन्छ । इटहरीको शिक्षा सँगै पर्यटनमा अब्बल शुनिल भुषालको संयोजकमा हुने कार्यक्रमले शिक्षा क्षेत्रलाई समेत प्रथामिकतामा राखेको छ । सुनिल भुषाल आफैमा अब्बल हुनुहुन्छ । कार्यक्रम पनि उत्कृष्ट हुने छ ।

यो मेला अरु भन्दा फरक छ भन्नु भयो । फरक भन्नाले कस्तो ?

फुड एण्ड बेभरेज मेलाबाट नेपाली खानाका परिकारलाई विशेष प्राथमिकता दिइने छ । त्यसका साथै इन्डियन, इटालियन, स्विस, मेक्सिकन र चाइनिज खानाहरू समेत सोही राष्ट्रका भेषभूषा र पहिचान सहित प्रवद्र्धन गरिने छ । ’घुमौँ पूर्व’ भन्ने अभियान साथ आफ्नो जिल्लाको सम्भावना या अवसरको प्रवद्र्धन गछौ । स्थानीय अवसरहरुको प्रवद्र्धन गर्ने र जिल्लालाई आर्थिक रुपले सम्पन्न गराउँदै स्थानीय व्यवसायीको आर्थिक स्तर माथि लैजाने हाम्रो निरन्तर प्रयास हुने छ । यो मेलामा परिवार सहित आउनुहोस एउटा फरक आनन्द पाउनु हुने छ ।

लामो समय देखि इटहरीमा मेला महोत्सव भएको छैन । अब मेला महोत्सव सुरु भएको हो ?

मेलाले स्थानीय विशेषताका दृष्टिले पृथक र अस्तित्व युक्त हुन्छ । यहाँको मानवीय चहलपहललाई सक्रिय बनाई सामाजिक प्राण भर्न सक्छ । इटहरीको उद्योग व्यवसाय, कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रको परिचालनने यहाँको समग्र विकास प्रक्रियालाई समेट्ने हो भने हाम्रो इटहरीमा वर्षैभरि यस्ता कार्यक्रम हुनु पर्छ ।

मेला महोत्सवले आफ्नै मौलिक महत्व बोक्न सक्यो भने इटहरीको उन्नतिमा पछिसम्म सघाउ पुग्नेछ । ’घुमौ पूर्व ’ भन्ने मूल नाराका साथ १ दिने फुड एण्ड बेभरेज मेला लाग्ने भएको हो । प्रदेश १ का पर्यटन, संस्कृति तथा वातावरण मन्त्री माननीय जगदीश कुसियतको प्रमुख आतिथ्यतामा हुदै छ ।

मेलाको आकर्षण के हो ?

नेपाली खानाको परिकारलाई विशेष प्रवद्र्धन गर्ने उद्देश्यले बिबिसीबाट मास्टर सेफ प्रोफेसनल युकेका उप–विजेता सन्तोष साहको सहभागिता पनि हुने छ । चर्चित गायक सुगम पोखरेलका साथै नेपाली आइडल सिजन–३ का रनर अप किरण भुजेल लगायत एलिना चौहान, समीक्षा अधिकारी, ममता गुरुङ, गंगा गौतमको समेत प्रस्तुतिहरू रहने बताइएको छ साथै कमेडी च्याम्पियनका उपविजेता सुमन कोइराला (दले दाइ) को हास्य प्रदर्शनी समेत रहने छ । सम्पूर्ण सुनसरी मोरङ्गबासीलाई मेलामा उपस्थित भईदिन हुन अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved