यी हुन इटहरीमा १ लाख माथिका महङ्गो साइकल चढ्नेहरु

  • प्रकाशित मितिः चैत्र ३१, २०७७
  • ३५७६ पटक पढिएको
  • धनबहादुर पुरी
alt

इटहरी । अघिल्लो बर्ष कोरोनाको कहर सँगै लकडाउन भयो । लकडाउन भए सँगै इटहरीमा साइकल चढ्ने युवा पिडीहरु एकाएक बढे । पछिल्लो इटहरी २० तरहराका युवाहरु माझ साईकिलिङ रेस लोकप्रिय हुँदै गएको छ । दैनिक रुपमा युवाहरु साइकल सहित सडकमा देखिन्छन । उनीहरु तरहरा साईकिलिङ भनेर सामाजिक सञ्जालमा समेत सक्रिय छन ।

युवाहरु दैनिक सरदर २५ देखि ३० किलोमिटर यात्रा साईकलबाटै गर्ने गर्छन । शारीरिक तन्दुरुस्तका लागि बिहान वेलुका ३० किलोमिटर सम्म साईकिलिङ गर्दै आएको तरहराका तरहराका युवा शिव राई बताउँछन । एक बर्ष अघि देखि मात्र तरहराका युवाहरु साईकिलिङ गर्न तम्सिएका हुन । केहि युवाहरुले साईकिलिङ सुरु गरे सँगै हिजो आज धेरै युवाहरुमा साईकिलिङ मोह बढदै गएकोे पाईन्छ । साइकल लिएर युवाहरु बिहान ५ बजे देखि ८ बजे विभिन्न सहर सम्म फन्को मार्छन ।

पर्यटनक्षेत्रको विकास भन्दै तरहराका युवाहरु गुफापोखरी समेत पुगेका छन । साईकलमै गुफापोखरी पुगेर आए । पर्यटन स्थल प्रबर्धनका लागि अभियान चलाउदै, मोरङ, उदयपुर ,सिराह, सप्तरी,पर्सा, विरगञ्ज हुदै नेपालगञ्ज समेत साईकलमा पुगेर आएकोे राई बताउँछन । एक बर्ष भित्र मेची महाकाली यात्रा साईकलबाटै गर्ने तयारी समेत गर्दै आएको उनी बताउँछन । करिब १५ जनाको समुह बनाएर साईकिलिङ गरिरहेको तरहरा साईकिलिङले जनाएको छ ।

शिव राई

तरहरा चोकैमा व्यवसाय गर्दै आएका शिव राई ४ लाख ७० हजार मुल्य पर्ने साइकल चढ्छन । हङकङ आईडी होल्डर समेत रहेका राई केहि बर्ष देखि आफ्नै जन्मभूमी तरहरामा बस्दै आएका छन । साइकल चढ्नु उनको सौख हो । साइकलमै मेचि महाकाली यात्रामा जाने तयारी उनको छ । राईले चढ्दै आएको साइकल सुनसरीमा अहिले सम्म कसैले चढेको छैनन् ।

रमेश भण्डारी

तरहराकै मनी ट्रान्सर्फर व्यवसायी रमेश भण्डारी पनि साईकलका सौखिन छन । उनले ४ लाख ३० हजारमा साइकल किनेका छन । दिनको तीन घट्ना सम्म साइकलमा हिड्न रुचाउने उनले भने केहि बर्ष अगाडि देखि नै साइकल चढ्दै आएका छन । उनले चढेको साइकल अहिले सम्म सुनसरीबासीले चढेको दोस्रो महङ्गो साइकल हो ।

बहादुर तामाङ

तरहराका युवा व्यवसायी तथा फुडसाङ सप्लार्यसका सञ्चालक बहादुर तामाङ पनि महङ्गो साइकल चढ्नेमा गनिन्छन् । उनले चढेको साइकलको मुल्य १ लाख ७० हजार रुपैया पर्छ । ज्यान घटाउन र सौखले उनले साइकल किनेका हुन । ट्याक्टर टिप्पर व्यवसायी तामाङ एक बर्ष देखि साईकिलिङमा रमाईरहेका छन ।

सुमित थापा

इटहरीका पशुपति ईङलिस बोडिङ स्कुलका सञ्चालक तथा प्याब्सन प्रदेश १ का सचिव सुमित थापा व्यवसाय र सामाजिक काम सँगै साईकिलिङमा रमाईरहेका हुन्छन । साइकलमै आफ्नो सहर देखि निक्कै टाडा टाडा समेत जान मना पराउने उनले १ लाख ५० हजारमा साइकल किनेका छन । स्वास्थ्य सँगै साइकल चढ्नु उनको सौख हो ।

कालु गुरुङ

तरहराका कालु गुरुङ पेसाले वस व्यवसायी हुन । आफ्नै लगानीमा वस व्यवसाय गर्दै आएका उनी पनि साइकलका पारखी हुन । उनले १ लाख २० हजार रुपैयाँ पर्ने साइकल किनेका छन ।

प्रेम तामाङ

तरहरामा रहेको लामा होटलका सञ्चालक प्रेम तामाङ पनि साइकलमा हुईकिन्छन । १ लाख १० हजार मुल्य पर्ने साइकल उनले खरिद गरेका छन ।

राजु खत्री

समृद्धि परियोजनामा काम गर्दै आएका तरहराका राजु खत्री पनि १ लाख ६ हजार मुल्य पर्ने साइकल चढ्छन । यो साइकल पनि इटहरीमा महङ्गो मध्यको हो ।

मदन बस्नेत

तरहरा चोकमा दोभान ट्राभल्स सञ्चालन गर्दै आएका मदन बस्नेत पनि साइकल सौखिन हुन । उनले केहि समय अगाडि मात्र १ लाख ६ हजार मुल्य पर्ने साइकल किनेर दैनिक जसो साथीहरु सँग साईकिलिङ गरिरहेका छन ।

उनीहरु सँगै दिनेश गुरुङ,विनोद गुरुङ, प्रेम चौधरी,सन्तोष श्रेष्ठ,किशोर पराजुली,नवराज तिम्सिना,मिन खवास,विकाश गिरी,शिव लामा पनि ५० हजार भन्दा बढि मुल्य पर्ने साइकल चढ्छन ।

 

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved