जादा जादै ....... बाल्यकालमा राजन लजालु थिए अहिले निडर ,साहसिक,जनप्रिय नेता

  • प्रकाशित मितिः भदौ २६, २०७८
  • ४८४ पटक पढिएको
  • ताबिल अन्सारी
alt

२०४५ सालको कुरा हो,म त्यति बेला १६ वर्षको थिएँ । मैले रामनगर भुटाहाको श्री बालकृष्ण माध्यमिक विद्यालयबाट एस.एल.सीं परीक्षा दिदै थिएँ । मेरा आदरणीय गुरु चन्द्रकान्त झा सर जो वहाँले मलाई कक्षा ५ देखि पढाउनु भएको थियो र वहाँकै प्रेरणाले म हमेशा कक्षाको प्रथम विधार्थी पनि थिएँ । एका एक एस.एल.सीको परीक्षा आउँदा वहाँको प्रकाशपुरको मा.वि.मा सरुवा भयो । एस. एल.सी. परीक्षाको तयारीको क्रममा म पनि वहाँबाट अँग्रेजी विषयको तयारीका लागि प्रकाश पुरमा बास बसेँ । काठको घरको माथिल्लो एउटा कोठा भाडामा बसेर तयारी शुरु गरें । वहाँले अँग्रेजी बाहेक गणित र विज्ञान विषयको तयारीका लागि प्रकाशपुर मा.वि.का प्रध्यानाध्यापक समेत रहनु भएका राजन मेहताको बुबाकोमा पढन जान्थे ।

पढन जाने क्रममा नै पहिलो चोटी मैले राजन मेहतालाई देखेको थिएँ । स्मरण गर्दा शायद राजन त्यतिबेला ८–१० वर्षको थियो होला । हृष्टपुष्ठ शरीर भएका राजन त्यतिबेला त्यति नबोल्ने लजालु स्वभावका थिए । २ महिनाको प्रकाशपुर बसाई पछि म एस.एल.सीको परीक्षा दिन सुनसरी सदरमुकाम इनरुवा आएँ र दक्षिण भेगकै एक मात्र परीक्षा सेन्टरको रुपमा रहेको श्री भगवती मा.वि.मा एस. एल. सी . परीक्षा दिएँ । कक्षा १ देखि १० सम्मको पढाइमा हमेशा कक्षामा प्रथम भएर आउने क्रममा एस.एल.सीको त्यस ब्याचमा पनि अव्वल नम्बर नै ल्याएर उर्तीण गरें ।

त्यसताका पछि राजन जी सँग मेरो भेट २०५४ साल पछि राजनितिक यात्रामा भयो । म तत्कालीन समयमा नेपाल तरुण दलको गाउँ इकाइ उकल्दै २०६४ सालमा तत्कालीन समयको निर्वाचन क्षेत्र नं.५को क्षेत्रीय संयोजक भए पछि राजन मेहता जी सँग कार्यक्रमहरुमा भेटघाट भई रहेको थियो किनकी वहाँ पनि त्यस बेला नेपाल तरुण दल इनरुवा नगर इकाईको सभापति हुन्थयो । खास गरी केन्द्रिय स्तरको नेताहरुको जिल्लामा कार्यक्रम हुँदा कार्यक्रम व्यवस्थापन र सुरक्षाको प्रत्याभुतिको सवालमा राजन जीले इनरुवाका सयौं तरुण युवाहरुको कमाण्ड गर्नु हुन्थयो । इनरुवाका तरुण युवाहरुको ढुक ढुकी बनेका राजन मेहता अति नै लगनशील, कर्तव्यनिष्ठ तथा जुझारु युवा नेताको रुपमा परिचित भइ रहेको थियो । समाजिक कार्यहरुमा हमेशा अग्रपंक्तिमा रहेर कहिले सडक नाटक ,कहिले विचार गोष्ठी , त कहिले सडक कोण भाषण गरेर समाजिक विकृति विसंगतिको विरुद्ध जनचेतना फैलाउँदै थिए ।

राजनितिक पृष्ठभुमि बोकेको परिवारमा जन्मनु भएका राजन मेहता विस्तारै विस्तारै नेपाल तरुण दलको माउ पार्टी नेपाली काँग्रेसमा आफनो सकृयता बढाउँदै गए र इनरुवा काँग्रेस सभापति पनि भए । युवाहरुको ढुकढुकी बनेका राजन जी युवाको आव्हानमा इनरुवा नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसबाट उम्मेदवार भई निर्वाचित पनि भए । अहिले वहाँ वर्तमान नगर प्रमुख पनि हुनु हुन्छ । नगर पालिकाको नगर सभा र कार्य समितिमा स्पष्ट बहुमत हासिल न भए पनि विपक्षीलाई पनि समेटेर नगर विकासका योजनाहरु संचालन गरी वहाँको ४ वर्षको कार्यकाललाई सफल मान्न सकिन्छ । वहाँको कुशल नेतृत्व र साहसिक निर्णयले इनरुवा नगरपालिकाका अगाडी आउने गरेका चुनौतीहरु पन्छयाउँदै नेपाली काँग्रेसको संगठनलाई पनि मजबुत बनाउनमा अहम भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved