सुनसरीमा हाई हाई राजिव दाई

  • प्रकाशित मितिः पुष ११, २०७८
  • ४४१ पटक पढिएको
  • धनबहादुर पुरी
alt

पछिल्लो केहि बर्ष यता सुनसरीमा मात्र हैन प्रदेश एकमै ब्राण्ड नाम हो राजिब कोईराला । नेपाली काग्रेस सुनसरीमा दुई पटक पार्टी सभापति भए पछि सुनसरीमा नेपाली काँग्रेसको हरेक तहमा दर्विलो उपस्थित रह्यो । सुनसरी क्षेत्र नम्वर २ ख बाट प्रदेश सांसद भएका कोईराला नेपाली काँग्रेसको प्रदेश नम्बर एकको संसदिय दलको नेता भए । कोईरालाले प्रदेश सभामा देखाएको भुमिकाले उनको व्यक्तित्वलाई थप उचाईमा पुरायो ।

नेपाली काँग्रेसको १४ औ महाधिबेशनमा काँग्रेस नेताहरु नेतृत्व लिन मैदानमा छन । सुनसरी काँग्रेसको दुई पटक सभापति भएका कोईरालाले नेपाली काँग्रेसको प्रदेश १ को सभापतिमा उम्मेदवारी रहने बताएका थिए तर टिमबाट टिकट नपाए पछि कोईराला समर्थकहरु रिसाए । तर काँग्रेस केन्द्रिय समितिमा केद्रिन्य सदस्यमा निर्वाचन जिते सँगै सुनसरी काँग्रेसमा कोईरालाको उचाई ह्वात्त बढेको छ ।

कोईराला पदका लागी भन्दा पनि जनताका लागी काम गर्ने नेता पनि हुन । निष्ठावान राजनीति गदै आएका राजीव सुनसरी काँग्रेसमा युवाहरु देखि बुढाबुढीको समेत ढुकढुकी हुन । कोईराला अन्य पार्टीका नेताहरुको लागि पनि रुचाएका ब्यक्तिमा पर्छन । त्यस कारण पनि उनी सुनसरीमा सबैले मान्ने नेताको रुपमा परिचय दिदै छन ।

लोकतन्त्रप्रतिको प्रतिबद्धता र सरल राजनीतिक जीवनशैली कोईरालाको पारिवारिक विरासत हो । देशभर काँग्रेसी नेताहरु हार्दै गर्दा सुनसरीका अधिकांस स्थानीय तह र सुनसरीको चार निर्वाचन क्षेत्र मध्ये ३ वटा निर्वाचन क्षेत्रमा जिताउने उनै कोईराला गुटकै कारण प्रदेश १ को मुख्यमन्त्री हुन बाट बञ्चित रहे । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष नभएकै कारण मुख्यमन्त्री नबनेका कोईरालालाई पार्टी नेतृत्वले अन्याय गरे पनि काँग्रेसी प्रतिनिधिहरुले भने माया गरे ।

राजनीतिका नाममा गरिने देखावटी, तडकभडक र सत्ता–स्वार्थका लागि जोसँग पनि गरिने सम्झौता कोईरालाको शब्द कोषमा छैन । राजनीतिक रूपमा उनको जुन धैर्यता र उचाइ छ, त्यसलाई विश्लेषण गर्दै सुनसरीका युवाहरूले कोईरालालाई काँग्रेस इमान्दार नेताको रुपमा हेर्न थालेका छन । राजिव कोईराला सुनसरीको युवा–वृत्तमा ‘राजीव दाइ’का नामबाट सुपरिचित छन ।
राजनीतिमा प्रवेश गर्न चाहने नयाँ–पुस्ताका लागि राजिव कोइराला एक आदर्श व्यक्ति हुन । निरन्तर राजनीतिक पृष्ठभूमिबाट उठेका, निष्ठा र सत्यका पक्षपाती युवालाई काम गरेर देखाउने अवसर दिनु हो । २०३५ सालमा नेपाल विद्यार्थी संघ सदस्य तथा नेपाली काँग्रेस सुनसरीको सचिव दुई कार्यकाल र दुई पटक सभापति भएका कोईराला केन्द्रिय सदस्य भए सँगै पार्टी शशक्त हुने कुरामा कुनै शंका छैन ।

कोईराला प्रति बढेको जनलहर हेरेर जल्नेहरु जलिरहेका छन । तर राजिव त्यस्ता नेता हुन जो अरुको कहिल्यै विरोध गदैनन । मान्छेहरु भन्छन राजनीतिमा इमानको खडेरी लाग्यो । नेताले बोलेका कुरा पुराउँदैनन भन्ने गफ गाउँघर देखि चिया पसलहरुमा मज्जाले बहष हुन्छ । तर सबै नेता एकै स्वभाबका हुदैनन भन्ने एउटा उदाहरण पनि हुन राजिव कोईराला । आफ्नै पार्टी भित्र होस या अन्तरपार्टीका सहकर्मीहरु सँग होस उनको राम्रो सम्बन्ध राख्छन । बोल्छन अनि पुराउँछन ।

वाणिज्य शास्त्रमा स्नातक गरेका ५६ वर्षीय कोईराला जनताको सेवा र राजनीतिका लागि आर्थिक लाभको कुनै पेसा नअँगालेका व्यक्ति हुन । १० बर्ष काग्रेस छोडेर नेपाली काग्रेसमै फर्केका पटक पटक मन्त्री भईसकेका सुनसरीका नेता विजयकुमार गच्छदारले केहि बर्ष अगाडी इनरुवाको एक कार्यक्रममा भने लोकतन्त्रप्रतिको प्रतिबद्धता र सरल राजनीतिक जीवनशैली निर्वाह गदै आएका नेता राजिव कोइरालाको स्वभाव पनि सरल रहेको छ । त्यागी नेता केशरीराजका सन्तान राजिवको ब्यवहार पनि पिताको जस्तै रहेको छ । राजिव कुशल नेता भए ।

हामि कहाँ राजनिति भनेको एउटा पेशा हो व्यापार हो भने जस्तो गरी राजनीति गर्ने प्रचलन शुरु भएको छ । हिजो राजनीति गर्ने भनेको देश र जनताका लागि निस्वार्थी भावले गरिने सेवा नै राजनीति भनिन्थ्यो । तर आज आएर राजनीति भनेको सवै भन्दा सजिलो नाम दाम एकै पटक सँगै सगै कमाउन सकिने माध्यम वन्दै गएको बेला राजिव जस्ता निष्ठावान नेताले नयाँ पुस्तामा केहि उत्साह छाएको छ । केन्द्रिय सदस्य भएर पहिलो पटक इनरुवा आएका कोईरालालाई बाजागाजा सहित उत्साहका साथ सुनसरीका काँग्रेसहरुले स्वागत गरे । बधाई दिन पुगेकाहरु ठुला ठुला स्वरमा भन्दै थिए सुनसरीमा हाई हाई राजिव दाई ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved