भाईरस जति जति छिटै रुप परिवर्तन गर्छ, त्यसलाई रोक्न त्यतिनै गाह्रो हुने गर्छ । भाईरसमा काडा जस्तो इस्पाईक प्रोटीन हुन्छ जसमा भाइरसको जेनेटिक मेटेरियल हुन्छ । जुन समय समयमा बदलीरहन्छ । सजिलो गरी बुझ्दा भाईरसमा भएको काडा (spike protein ) भनेको भाईरसको घरको ठेगाना हो र यो लगातार बदलीरहेको छ, यसको घर बदलीरहेको छ, यसको रुप बदलीरहेको छ यसैलाई हामी म्युटेसन भन्छौं। जब भाईरस लगातार आफ्नो घरको ठेगाना बदलीरहन्छ तब यसले एक नयाँ स्ट्रेन का रूप लिन्छ र अहिलेको अवस्थामा त्यो नयाँ स्ट्रेन नै हो ओमिक्रोन भेरियन्ट ।
जब हामी कोरोना को कुरा गर्छौ तब हामीले यसको लागि चर्चा गर्नैपर्ने हुन्छ कोरोनासँग मिल्दो जुल्दो मौसमी रुघा खोकी (seasonal flu ) को बारेमा । यसको लक्ष्णहरु पनि मिल्दो जुल्दो छ। के तपाईलाई थाहा छ ? विश्व स्वास्थ्य संगठनको कुरालाई विश्वास गर्ने हो भने (flu) मौसमी रुघाखोकी बाट वर्षे पिच्छे ६ लाख भन्दा धेरै मानिस मर्ने गर्दछन् । हामी सबैलाई थाहा छ यो मौसमी रुघाखोकीको भ्याक्सिन पनि हुन्छ र यसलाई हरेक वर्ष अपडेट गरिरहनु पर्ने हुन्छ । किनकी जुन भाईरसबाट तपाईलाई सिजनल फ्लु हुन्छ (इन्फ्लुएन्जा भाइरस) यो हरेक वर्ष यति धेरै म्युटेट हुन्छ आफ्नो रुप परिवर्तन गर्छ कि हरेक वर्ष यसको भ्याक्सिन पनि अपडेट गरिरहनु पर्ने हुन्छ ।
त्यसैले मौसमी रुघाखोकीको पनि नयाँ भेरियन्ट हरेक वर्ष देख्न सक्छौं तर फरक यति छ कि मिडियामा यसको यति धेरै चर्चा हुदैन। डेल्टा भेरियन्टमा जम्मा ९ म्युटेसन देखियको थियो भने ओमिक्रोन भेरियन्टमा ३२ म्युटेसन देखियको छ। अब महत्त्वपूर्ण प्रश्न यो छ कि यो नयाँ भेरियन्ट कति सजिलै फैलिन सक्छ, बिस्व स्वास्थ्य संगठन सँग पनि यस सँग सम्बन्धित पर्याप्त डाटा उपलब्ध छैन तर डब्लु एच. ओ. को अनुसार अरु भेरियन्टको तुलनामा ओमिक्रोन भेरियन्ट ज्यादा संक्रामक छ, अर्थात् अरु भेरियन्ट भन्दा तिब्र गतिमा सर्न सक्ने क्षमता राख्छ।
एक बैज्ञानिकको भनाइ अनुसार यो नयाँ भेरियन्ट र बिगतका भेरियन्टहरुको तुलना गर्ने हो भने ५०० प्रतिशत धेरै संक्रामक छ, ओरिजिनल चीन मा पहिलो पटक भेटिएको स्ट्रेन को तुलनामा । डेल्टा भेरियन्टको तुलनामा यो धेरै ज्यादा संक्रामक छ र यो खुसिको कुरा पनि हुन सक्छ। तपाइलाई यो सुनेर अचम्म लग्न सक्छ जुन भाइरस जति छिटो सधै यो खुसीको कुरा कसरी हुन सक्छ ? भाइरसको कुरा गर्ने हो भने जुन भाइरस कम सर्छ वा कम संक्रामक हुन्छ त्यो ज्यादा खतरनाक हुन्छ र जुन भाइरस जति छिटो फैलने क्षमता राख्छ त्यो कम खतरनाक हुन्छ ।
अहिलेसम्मको भाइरसको रुप हेर्ने हो भने त्यो देखिन्छ तर यसमा केहि अपवाद पनि हुन सक्छ । अब अर्को प्रस्न यो छ कि यो नयाँ भेरियन्ट ओमिक्रॉन कत्तिको खतरनाक छ। यसको जबाफ अहिलेसम्म कसैसँग पनि छैन बैज्ञानिकहारको भनाई अनुसार अझै एक देखि दुई हप्ता लाग्न सक्छ यो नतिजामा पुग्नलाई कि यो नयाँ भेरियन्ट कत्तिको खतरनाक छ भनेर । अहिलेसम्म यो पनि थाहा छैन कि भ्याक्सिन यो नयाँ भेरियन्टको लागी काम गर्छ या कत्तिको प्रभाबकारी छ भनेर । यो त समयले नै बताउने छ र अबको १,२ हप्तामा हामी सबैलाई थाहा भैनै हाल्छ ।
यति धेरै अज्ञात तथ्यहरु छन कि यहि अनिश्चितताको डरले गर्दा फेरी विभिन्न देशका सरकारले यात्रामा प्रतिबन्ध लगाइसकेका छन् र कति सरकारले त आफ्नो देशमा लकडाउन घोषण पनि गरिसकेका छन्। यो कति विवेकहिन निर्णय हो किनकि यो त पक्कै होइन कि अफ्रिकन देशबाट मात्र ओमिक्रोनको मामला अगाडी आएको होस। अरु देशमा पनि ओमिक्रोनको बिरामी भेटिएको छ जो अरु कुनै पनि देशमा गएका थिएनन। ति देशहरुको उडान किन प्रतिबन्ध भएन ? बैज्ञानिकहरुले यो यात्रा प्रतिबन्ध को आलोचना गरेकाछन् किनकि यो कुनै पनि हालतमा संक्रमण फैलिन नदिन उपयोगी छैन ।
करिब २ वर्ष देखि मानिस येति हतास भैसकेका छन् कि उनीहरु स्वतन्त्र रुप मा यात्रा गर्न पाइरहेका छैनन् । यसबाट एक साधारण मानिसमा खराब असर गरिरहेको छ खासगरी मानसिक रुपमा साउथ अफ्रीकाले राम्रो काम यो गर्यो कि यो नया भेरियन्टको बारेमा सारा विश्वलाई जानकारी दियो तर बाकी देशको सरकारले के गर्यो त साउथ अफ्रीका बाट आउने उडानमा प्रतिबन्ध लगाइदियो ।
सारा साउथ अफ्रिकाको टुरिजममा नै असर गरिदियो त्यो दुइ दिन भित्र मा । यस्तै निर्णयको कारणले फेरी कुनै अरु देशमा नया भेरियन्टको मामला आयो भने के सारा विश्वलाई जानकारी गराउलान त ? त्यो देश सोच्छ कि यहाँ त चुप लाग्नु नै ठिक छ, यदि ज्यादा हल्ला फैलायो कि हाम्रो देशमा कोरोनाको नया भेरियन्ट देखा परेको छ भनेर फेरी सारा विश्वले हामीलाई नै सजाए दिनेछ ।
हाम्रो देशबाट आउन जान बन्द गर्ने छन्, यात्रामा प्रतिबन्ध लाग्ने छ । हाम्रो देशको अर्थतन्त्रमा नराम्रो असर पर्ने छ । यो सजाए किन पाउने, चुप लग्नु नै राम्रो कुनैपनि देशको यात्रामा प्रतिबन्ध लाउनु, देशमा लक डाउन गर्नु भनेको अन्तिम उपाय हो, जब बाकी सबै उपाय असफल भएको होस् हामीलाई थाहा छैन कि यो नयाँ भेरियन्ट कत्तिको खतरनाक छ तर रोकथाम को नाममा उडानहरु रद्द गरिन्छन्, या लकडाउन को घोषण गर्दछन् यो एकदम खतरनाक करा हो यसले एक सामान्य मानिसको मानसिक स्वास्थ र सामाजिक जिन्दगि जिवनयापनमा कति नराम्रो असर गर्छ त्यसलाई हामी मापन पनि गर्न सक्दैनौ ।
आफै सोचेर हेर्नुस तपाईको मानसिक स्वास्थ्यमा कत्तिको असर गरेको छ करिब १, २ वर्ष भित्रमा बाल बच्चालाई के असर गर्छ जब उनीहरु बिद्यालय जनाबाट बन्चित हुन्छ । देशको अर्थतन्त्रमा कस्तो असर पर्छ जब लकडाउन घोषण गरिन्छ। बाकी अरु रोगहरुको उपचारमा पनि कस्तो असर पर्छ, जव देशमा लकडाउन हुन्छ र सबै कुरा कोभिड १९ मा मात्र फोकस गरिन्छ । मेरो विचारमा यस्तो निर्णय सम्पूर्ण बिस्वको सरकारमाथि एक आलोचनाको बिषय हो । यो सबै एक राजनीतिक अस्त्र हो संसार भरीको सरकारहरुको लागि। यो सारा सरकार मात्र देखाउन चाहन्छ कि हामी केहि गरिरहेका छौं ।
जनताको अगाडी देखाउन चाहन्छ कि हाम्रो सरकारले यसलाई गम्भीर रुपमा लिरहेको छ । तर वास्तविकतामा यिनीहरुलाई रुचि छ भने तयारी गर्नुस अस्पतालमा नयाँ बेड थप्नको लागि अस्पताललाई तयारी अवस्थामा राख्नुस थप जनशक्ति को व्यवस्था गर्नुस । यो कदापी गलत छ कि बाकी देशमा प्रतिबन्ध लगाउनुस यात्रामा प्रतिबन्ध लगाउनु यो सबै गैरजिम्मेवारी निर्णय बाहेक अरु केहि होइन। आगामी महिनामा आउने वर्षहरुमा हामी नयाँ भेरियन्ट नयाँ म्युटेसन को बारेमा सुनि नै रहन्छौ।
यदि हामीलाई यो हाम्रो जीवनलाई सामान्य रुपमा ल्याउनु छ भने मलाई लाग्दैन यो प्रतिबन्धले सबै कुरा रोक्न सम्भव छ । तर यो कुरा त स्पस्ट छ कि ओमिक्रोन भेरियन्ट होस् या आगामी समयमा आउने अरु कुनै नयाँ भेरियन्ट होस् यो ४ वटा कुरा सधै याद राख्न अत्यन्त जरुरी छ। पहिले सामाजिक दुरी, दोस्रो राम्ररी हात धुने, तेस्रो मास्कको सहि प्रयोग र चौथो भ्याक्सिनेसन । सबैलाई यो अनुरोध छ कि कृपया यि चार कुराको प्रयोग गर्दै गर्नुहोस आफु र आफ्नो परिवारलाई यो भाईरसको विरुद्ध रक्षा प्रदान गर्ने प्रयत्न गर्नुहोस।