काठमाडौँ / मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता दिने प्रक्रिया अघि बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत १३ गते मन्त्रिस्तरको निर्णयले रकम उपलब्ध गराउन कार्यविधि बनाएपछि भत्ता पाउने अवस्था बन्न लागेको हो ।
यससँगै अब प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारबापत मासिक ५ हजार पाउनेछन् ।
मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा देशभरका ७५३ स्थानीय तहबाट रकम उपलब्ध गराउने पत्राचार समेत गरिसकिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved