गर्मीमा खरबुजा खानुका फाइदाहरु

  • प्रकाशित मितिः चैत्र २७, २०७८
  • १३७ पटक पढिएको
  • सञ्चारपाटी
alt

गर्मीको मौसम सुरु भइसकेको छ । गर्मी लागेसँगै विभिन्न प्रकारका फलफूलहरु बजारमा आउने गर्छन् । गर्मीको मौसममा तरबुजा, खरबुजा धेरै मात्रामा खपत हुने गर्छन् ।

गर्मी मौसमका लागि खरबुजाको सेवन सबैभन्दा फाइदाजनक छ । यसको सेवनले शरीरलाई ताजा महसुस गराउँछ । यसमा क्याल्शियम, आइरन, भिटामिन ए र भिटामिन सीको मात्रा भरपुर मात्रामा पाइन्छ । यसले मिर्गौला, रक्तचाप र आँखाका लागि फाइदा गर्छ । मधुमेहका रोगीका लागि यो निकै फाइदाजनक हुन्छ । 

खरबुजामा जीआईको मात्रा कम हुन्छ । यसको कारण चिनीको मात्रा नियन्त्रणमा रहन्छ । कब्जियतका रोगीका लागि खरबुजा निकै फाइदाजनक मानिन्छ । किनकी यसमा फाइबरको मात्रा अत्यधिक हुन्छ । जसले कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ ।

यसका साथै, खरबुजामा भिटामिन सी र एन्टिअक्सिडेन्टको स्रोत पनि पाइन्छ । यसले रोग प्रतिरोधी क्षमताको पनि विकास गर्छ । भने, मुटुसम्बन्धी रोगहरुबाट पनि बचाउँछ । साथै, क्यान्सरबाट पनि बचाउँछ । 

डाक्टरका अनुसार मुत्रथैलीमा हुने संक्रमणबाट पीडित व्यक्तिहरुका लागि खरबुजा निकै फाइदाजनक हुन्छ । यसले शरीरका विषाक्त पदार्थहरु बाहिर निकाल्ने काम गर्छ ।

यसको सेवनले पेटलाई सफा राख्छ । गर्मीमा खरबुजाको सेवन गर्दा छालामा यसको असर देखिन्छ र छाला मुलायम हुन्छ । यसले गर्मीमा शरीरमा पानीको मात्रा पनि कम हुन दिँदैन ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved