काठमाडौँ / अभिनेता पल शाहविरुद्ध नाबालिगमाथिको जबरजस्ती करणीको आरोपमा जाहेरी दिएका पीडितका बुवाले पनि अदालतमा बयान फेरेका छन् ।
मंगलबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा उनले आफूले दिएको जाहेरीमा भएको विवरण सत्य नभएको बयान दिएका छन् ।
पीडित नाबालिग गायिकाले होस्टाइल भएर आइतबार बयान फेरेकी थिइन् । उनले अरूको उक्साहटमा आफूले झूटो जाहेरी दिएको बताएकी छन् । आज उनका बुवाले पनि त्यस्तै ब्यहोराको बकपत्र गरेका हुन् ।
पीडितका बुबाले बकपत्रमा आफू सामाजिक सञ्जालहरुमार्फत दवावमा परेर झुटो जाहेरी दिन बाध्य भएको उल्लेख गरेका छन् । उनले आफूलाई दवाव दिने केही व्यक्तिहरुको नाम समेत लिएका छन् ।
यससँगै पलको रिहाइ हुन सक्ने तर्फ अनुमान गरिएको छ । यद्यपि अदालतले सबै प्रमाणलाई ध्यानमा राखेर आदेश गर्ने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved