देशका धेरै ठाउँमा पारिलो घाम, दिउँसोपछि पानी पर्ने अनुमान

  • प्रकाशित मितिः बैशाख २८, २०७९
  • १०४ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । अहिले धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । दिउँसोपछि भने केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जू बासीले जानकारी दिनुभयो ।

यस्तै, पर्सि मतदानका दिन पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने भएकाले सावधानि अपनाउन मौसमविद्को आग्रह छ । पर्सी दिउँसाे प्रदेश १, मधेस प्रदेश र वाग्मती प्रदेशमा मौसम सामान्य बद्ली हुने तथा प्रदेश १ र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जू बासीले बताउनुभयो । अन्य प्रदेशको मौसम भने त्यो दिन आंशिक बद्ली हुने अनुमान छ । 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved