मतदातालाई बाँड्दै गरेकाे अवस्थामा १२ कार्टुन रक्सी बरामद

  • प्रकाशित मितिः बैशाख २८, २०७९
  • ९२ पटक पढिएको
  • सञ्चारपाटी
alt

 कपिलवस्तु नगरपालिका-३ सानो बर्गदहवाबाट प्रहरीले रक्सी बरामद गरेकाे छ। मतदातालाई
रक्सी बाँड्दै गरेकाे अवस्थामा आज बुधवार कपिलवस्तु प्रहरीले १२ कार्टुन रक्सी बरामद गरेको हाे।

लु १ ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रहरीले बाँड्न लागेको रक्सीसहितको भ्यान र मानिसलाई नियन्त्रणमा लिएको छ। १२ कार्टुन (२६० बोतल) रक्सीसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी जेसी शाहले बताए।

निवर्तमान वडा अध्यक्ष तथा क्रिकेट एसोसिएसन कपिलवस्तुका अध्यक्षसमेत रहेका वडा नम्बर ३ का उम्मेदवार प्रकाश गैरेमाथि रक्सी बाँड्न लगाएको आरोप छ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved