स्थानीय तहको निर्वाचनअन्तर्गत मतदानका दिन शुक्रबार वैशाख ३० गते पनि देशभर वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले जारी गरेको बलेटिअनुसार शुक्रबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनरचटयाङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जनरचटयाङसहित हल्का वर्षा हुने सम्भावना छ।
उक्त दिन ९शुक्रबार० साँझ ६ बजेदेखि भोलिपल्ट ९शनिबार० बिहानसम्म प्रदेश नं १ का केही स्थान साथै बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved