इटहरी / १ नं.प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. अरुण कुमार बि.सी.ले १ नं. प्रदेशका जिल्ला प्रहरी प्रमुखहरुलाई Video Conference मार्फत स्थानिय तहको निर्वाचन २०७९ सम्बन्धी निर्देशन आबश्यक निर्देशन दिएका छन् ।
आज बिहान ७ बजे प्रदेश प्रहरी प्रमुखले स्थानिय तहको निर्वाचन २०७९ लाई सुरक्षित, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सन्दर्भमा समग्र सुरक्षा व्यवस्थापन सम्बन्धी निर्देशन दिएका छन् ।
बि.सी ले मतदान अघि, मतदानको दिन र मतदान पश्चात प्रहरीले सम्पादन गर्नु पर्ने भुमिका र निर्वाचन सुरक्षाको महत्वपुर्ण जिम्मेवारी पाएको प्रहरीबाट त्रुटि रहित आफ्नो जिम्मेवारी बहन गर्नु पर्ने कुरालाई ध्यानमा राखेर काम गर्नु पर्ने समेत निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved