इटहरी / इटहरी उपमहानगरपालिकामा मतगणना आजदेखि सुरु हुने भएको छ ।
शुक्रबार उपमहानगरका २० वटै मतदानस्थलबाट शिलबन्दी गरिएका मतपेटीका निर्वाचन अधिकृतको कार्यालय इटहरीको साँस्कृतिक भवनमा ल्याइएको छ । त्यसको सम्पूर्ण अभिलेख राख्ने कार्य राति अबेरसम्म भएको थियो ।
आज बिहान ८ बजे मतगणाका लागि सर्वदलीय बैठक राखिएको इटहरीको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बिहान ८ बजेको सर्वदलीय बैठकमा निर्वाचनमा सहभागी सबै दल तथा स्वतन्त्रका उम्मेदवारका प्रतिनिधिहरूलाई सहभागीताका लागि निर्वाचन अधिकृतको कार्यालय सूचना समेत जारी गरेको छ ।
इटहरीमा जम्मा एक लाख ४ हजार ६२६ कुल मतदातामध्ये ७३ हजार ७ सय ३२ मत खसेको कार्यालयले जनाएको छ । आयोगमा अनुसार इटहरीमा ७०.४७ प्रतिशत मतदान भएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved