इलामको देउमाईको मतगणनास्थलमा हवाईफायर

  • प्रकाशित मितिः बैशाख ३१, २०७९
  • ४३ पटक पढिएको
  • सञ्चारपाटी
alt

इलामको देउमाई नगरपालिकाको मतगणनास्थलमा हवाईफायर भएको छ ।

शनिबार नगरपालिका भवनमा मतगणना जारी रहँदा विवादले उग्र रूप लिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाईफायर गरेको स्थानीय पत्रकार टिका खतिवडाले जानकारी दिए ।

मतगणनाकै क्रममा करारका एक कर्मचारीको गोजीमा स्वस्तिक छाप भेटिएपछि विवाद सुरु भएको थियो । त्यसपछि सत्ता गठबन्धनमा आबद्ध दलनिकट व्यक्तिहरूले नेकपा (एमाले)ले ‘सेटिङ’ गरेको भन्दै नाराबाजी गरेका थिए । उनीहरूको विरोधपछि मतगणना अवरुद्ध भएको खतिवडाले जानकारी दिए ।

उनीहरूले निर्वाचन अधिकृत हरिबहादुर दाहाल र स्थानीय प्रशासनविरुद्ध नाराबाजी गरेपछि मतगणनास्थल अशान्त बनेको थियो । विवादकै बीच स्थिति जटिल बन्दै गएपछि हवाईफायर भएको खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved